महावीर पुनको धर्नामा राप्रपाको ऐक्यबद्धता, राजेन्द्र लिङ्देन धर्नामा जाँदै

महावीर पुनको धर्नामा राप्रपाको ऐक्यबद्धता, राजेन्द्र लिङ्देन धर्नामा जाँदै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकारसँग विभिन्न माग राख्दै माइतीघर मण्डलमा जारी राखेको धर्नामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ऐक्यबद्धता जनाएका छन्।

उनले पुनको धर्नालाई समर्थन गर्दै आज(आइतवार) दिउँसो १२ बजे माइतीघर मण्डलामा जाने बताएका हुन् ।अनुसन्धान, नवप्रर्वतन र आविष्कार क्षेत्रमा सहयोग गर्न संघ,स्थानीय र प्रदेश सरकारले विकास बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने, अनुसन्धान, नवप्रर्वतन र अविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरीद ऐन निर्माण गनुपर्ने लगायतका विविध माग गर्दै पुन तीन दिन यता धर्नामा बसेका हुन्।

उनको धर्ना माइतीघर मण्डलामा जारी छ। उनले धर्ना शुरू गर्नुपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्ना माग बुझाएका थिए। उनले ती माग पूरा नगरेसम्म धर्ना जारी राख्ने बताएका छन्। 

Logo