वन्यजन्तुको आक्रमणबाट नौ महिनामा नौ जनाको मृत्यु

वन्यजन्तुको आक्रमणबाट नौ महिनामा नौ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वन्यजन्तुको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ ।चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो ।

जसमा छ जनाको निकुञ्ज क्षेत्रमा र तीन जनाको डिभिजन वन क्षेत्र मृत्यु भएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज क्षेत्रमा एक जना बाघको आक्रमणबाट, दुई जना गैँडाको आक्रमणबाट, तीन जना हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

अन्य चार जनाको डिभिजन वन कार्यालय चितवन, डिभिजन वन कार्यालय नवलपुर, डिभिजन वन कार्यालय मकवानपुरका क्षेत्रमा जनावरको आक्रमणबाट मृत्यु भएको हो।

डिभिजन वन क्षेत्रमा बँदेल, गैँडा, बाघलगायतका जनावरको आक्रमणबाट मृत्यु भएको उनले बताए । यस्तै चालु आवमा गम्भीर घाइते १२ जना, सामान्य घाइते १५ जना भएको उनले जानकारी दिए ।

उनका अनुसार पशुधन क्षति एक सय २३ वटा, भण्डारण गरिएको अन्नको क्षति छ पटक, घर गोठमा क्षति १७ वटा, अन्नबालीमा क्षति दुई सय ४० पटक भएको छ । निकुञ्जले चालु आवमा क्षतिको राहतस्वरुप एक करोड ५० लाख ७१ हजार एक सय ११ रकम बुझाएको उनले बताए ।

Skip This
Skip This
Logo