पुनसँगकाे लिखित सहमतिको तयारी गरेकाे छु : प्रधानमन्त्री प्रचण्ड

पुनसँगकाे लिखित सहमतिको तयारी गरेकाे छु : प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग आजै सहमति हुने बताएका छन् । सरकारले आइतबार वार्ता थालेको  भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले चितवनमा पत्रकारसँग लिखित सहमतिको तयारी रहेको सुनाए।

यसअघि आफूसँग भएको भेटमा महावीरले ‘म त माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदौ रैछ विचार गर्नु पनि छ’ भनेर हास्दै निस्किएको प्रचण्डले सुनाएका छन् ।

आफूले बस्नुस भन्न नमिल्ने तर बस्दा रकम छुट्याउन मद्दत नै हुन्छ भनेको पनि प्रचण्डले बताए । ‘करिबकरिब मैले बुझ्दा त सरकारसँगको सल्लाहमै बसेको बुझेको छु।’उनले भनेका छन् ।

Skip This
Skip This
Logo