काठमाडौं ।
संचार मन्त्री डा. युवराज खतिवडाले सिफ्टमा सञ्चालन गरेका सरकारी कार्यालय भने पूर्ववत् रुपमा सञ्चालन हुने जानकारी दिए ।
उनका अनुसार सरकारी कार्यालयहरु अब बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । सोमबारको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि सरकारले बिहान ८ देखि १ र १ देखि ५ बजेसम्म दुई सिफ्टमा कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारले सवारी साधनमा लगाउँदै आएको जोरबिजोर प्रणालीसमेत हटाएको डा खतिवडाले जानकारी दिए ।रासस































प्रतिक्रिया