रवि लामिछाने रास्वपा संसदीय दलको नेतामा चयन

रवि लामिछाने रास्वपा संसदीय दलको नेतामा चयन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन्। 

सोमबार दिउँसो बसेको संसदीय दलको बैठकले केन्द्रीय समितिको सिफारिसमा सभापति लामिछानेलाई निर्विरोध संसदीय दलको नेता चयन गरेको महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । आजै विहान बसेको केन्द्रीय समिति बैठकले सो सिफारिसकाे निर्णय गरेको थियो । 

लामिछाने नागरिकता मुद्दामा पदमुक्त भएर सांसद पद नै गएपछि दलको नेतामा डोलप्रसाद अर्याल नियुक्त भएका थिए । तर, उपनिर्वाचनमा चितवन २बाट पुनः जितेपछि उनी संसदीय दलको नेता चयन भएका हुन् । अर्यालले भने राजिनामा दिइसकेका छन् । 

Skip This
Skip This
Logo