प्रिमियम लिग : लेस्टर र एभर्टन बराबरीमा टुंगिए, बाँडे अंक

प्रिमियम लिग : लेस्टर र एभर्टन बराबरीमा टुंगिए, बाँडे अंक

केन्द्रबिन्दु
0
Shares

लेस्टर सिटी र एभर्टनले बराबरी खेलेर अंक बाडेका छन् । इंग्लिस प्रिमियर लिगमा लेस्टर र एभर्टनले २-२ गोलको बराबरी खेलेर अंक बाडेका हुन् ।

किङ्स पावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलको पहिलो हाफको  १५औंँ मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई १-० को सुरुवाती अग्रता दिलाए ।

लेस्टरका काल्भर्ट लेविनले २२औँ मिनेटमा गोल फर्काए पछि खेल १-१ गोलको बराबरीको अवस्थामा रहन पुग्यो । तर, जेमी भार्डीले ३३औँ मिनेटमा गोल गरेपछि लेस्टर २–१ को अग्रता लिन सफल भयो ।  पहिलो हाफ २-१ को अन्तरमा टुंगियो। 

दोस्रो हाफको ५४औँ मिनेटमा एलेक्स इओवीले गोल गर्दै एभर्टनलाई लेस्टरसँग बराबरीको अवस्थामा ल्याईदिए ।यस बराबरीसँगै लेस्टर ३४ खेलबाट ३० अंक बटुल्दै  १६औँ स्थानमा छ भने एभर्टन समान ३४ खेलबाटै २९ अंक बटुल्दै १९औं स्थानमा छ ।

Skip This
Skip This
Logo