प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना

केन्द्रबिन्दु
0
Shares

उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव देशमा रहेकाे हुँदा प्रदेश नं १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको  ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भुभागका केही स्थानहरूमा र तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेकाे छ ।

आज प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

Skip This
Skip This
Logo