एसिसी प्रिमियर कप च्याम्पियन खेलाडीहरूको ट्रफी पोज [तस्विरमा]

एसिसी प्रिमियर कप च्याम्पियन खेलाडीहरूको ट्रफी पोज [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

एसिसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ । आज सम्पन्न एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइेटड अरब इमिरेटस् (यूएई)लाई ७ विकेटले पराजित गरेसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको हो ।

सो ऐतिहासिक जितमा नेपाली क्रिकेट टोलीलाई बधाईको ओइरो लागेको छ । आम नेपालीमा चुलाएको हर्ष अहिले सामाजिक सञ्जालभर पोखिने क्रम तीब्र बनेको छ । 

उता नेपाली खेलाडीहरूको खुसीयाली मनाउने क्रम पनि जारी रहेको छ । कीर्तिपुरमा प्रतियोगिताको ट्रफीसहित दर्शकसँग खुसी साटेका खेलाडीहरूले होटल पुगेपछि ट्रफीसँग फोटोसुट गरेका हुन् । कप्तान रोहित पौडेल, सोमपाल कामी, करन केसी, गुल्सान झा, भीम सार्कीलगायतले ट्रफीसँगै सुतेर खिचेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट भएपछि समर्थकहरुले निकै रुचाएका छन् । याे फोटोसुट ट्रेण्ड विश्वप्रख्यात छ । क्रिकेट होस् या फुटबल जुनसुकै खेलमा पनि उपाधि जितेपछि यस्तो ट्रफीसँग फोटोसुट गर्ने गरिन्छ । 

May be an image of 1 person, playing soccer, playing football and text

नेपालले अब एसिया कपमा समूह ‘ए’मा रहेका भारत र पाकिस्तानसँग खेल्नेछ । एसिया कपको समूह ‘बी’ मा अफगानिस्तान, श्रीलङ्का र बङ्गलादेश छन् ।

May be an image of 1 person, saxophone and bedroom

May be an image of 1 person and text

May be an image of 1 person, basketball jersey and text

May be an image of 1 person and text

May be an image of 1 person, saxophone and trumpet

 

 

Skip This
Skip This
Logo