लक्ष्मी महतो कोइरीकाे सांसद पद निलम्बन

लक्ष्मी महतो कोइरीकाे सांसद पद निलम्बन

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका लक्ष्मी महतो कोइरीकाे सांसद पद निलम्बनमा परेकाे छ । मंगलबार  सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम कोइरीकाे सांसद पद निलम्बन गरेका हुन्। 

सभामुख घिमिरेको निर्देशनअनुसार संघीय संसद् सचिवालयले मंगलबार सूचना टाँसेर कोइरीकाे सांसद पद निलम्बनमा परेको जानकारी दिएको हो । काेइरीविरुद्ध फाैजदारी अभियाेगमा अदालतबाट पक्राउ पुर्जी जारी भएकाे छ र प्रहरीकाे फरार सूचीमा रहेका छन् । 

२०७७ मा जनकपुर उच्च अदालतले पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने आदेश दिएदेखि नै फरार रहेका कोइरी गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । सुरक्षाकर्मी थमन विकको हत्या गरेको आरोप लागेका संसद कोइरी निर्वाचित भएपछि प्रहरीको आँखा छल्दै दुईपटक संसद भवनसमेत छिरे । त्यसपछि चौतर्फी विरोध भएसँगै गृह मन्त्रालयले गत ६ माघमा सांसद कोइरीलाई पक्राउ गर्न देशभरका जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो।

तर, उनी अझै पक्राउ पर्न सकेका छैनन्। 

Skip This
Skip This
Logo