उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई अदालतले हिरासतमा राख्न अनुमति दिएको छ ।
भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा भएको ठगी आरोपमा पक्राउ परेका पाण्डेलाई जिल्ला अदालत, काठमाडौंले थप अनुसन्धानका गर्नका लागि ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रहरीले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा पाण्डेलाई आज दिउँसो पक्राउ गरेको थियो । पाण्डे तत्कालीन गृहसचिव हुँदा यो प्रकरणमा सामेल भएको आरोप छ । यसअघि पक्राउ परेका अन्य व्यक्तिले पाण्डेका पनि संलग्नता रहेको बयान दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।





























प्रतिक्रिया