टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइँदै

टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइँदै

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीलाई आज काठमाडौं ल्याइँदैछ। 

नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई बुधबार प्रहरीले बुटवलबाट पक्राउ गरेको थियो । उनलाई भैरहवा विमानस्थल पठाइसकिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्यामु अर्यालले जानकारी दिए।  

सन्दीपलाई गएराति जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो । उनका बुबा एवं एमाले नेता तथा प्रतिनिधसभा सदस्य टोपबहादर रायमाझीको नाममा पनि पक्राउ पूर्जी जारी भएको छ । प्रहरीले यो प्रकरणमा नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई पक्राउ परिसकेका छन्।

Logo