पूर्वगृहमन्त्री बादलका छोराले भने- शरणार्थी प्रकरणमा मेरो संग्लनता छैन

पूर्वगृहमन्त्री बादलका छोराले भने- शरणार्थी प्रकरणमा मेरो संग्लनता छैन

केन्द्रबिन्दु
0
Shares

पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिकले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। 

बिहीवार एक विज्ञप्ति जारी गर्दै प्रतिकले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दामा आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन् । उनले यो संवेदनशील विषय भएकाले छानबिन प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

‘मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा झूटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्ने खण्डन गर्छु ।’ उनले भनेका छन्, ‘तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

गृह मन्त्रालयमा हुँदा कोही कसैसँग सम्झौता नगरेको र जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गरेको उनको विज्ञप्तीमा उल्लेख छ । उनले पटक–पटक आफूमाथि राजनीतिक प्रतिसोध साँध्न यस्ता आरोप लाग्ने गरेको पनि दाबी गरेका छन् । 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएको अभियोगमा प्रहरीले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । बुधबार पूर्वगृहसचिव सचिव टेकनारायण पाण्डे र पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पनि पक्राउ गरेको छ । प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई मंगलवार नै पक्राउ गरेको छ । त्यसअघि प्रहरीले घटनामा संलग्न केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पक्राउ गरेका थियो । 

प्रहरीले पूर्वमन्त्री रायमाझीसहित इद्रजित राईका छोरा निरज राईविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । उनीहरु अहिले फरार छन् ।

Skip This
Skip This
Logo