विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दो, सन् २०३० सम्ममा ४ करोड बिक्री हुने [भिडियाेसहित]

विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दो, सन् २०३० सम्ममा ४ करोड बिक्री हुने [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय विश्वभरी विद्युतीय सवारी साधन अर्थात् इभी लोकप्रिय बनिरहेको छ । इभीका बढ्दो प्रयोगसँगै उत्पादक कम्पनीहरुले नयाँ नयाँ विद्युतीय सवारी साधनको उत्पादन शुरु गरिसकेका छन् । 

सवारी साधनबारे जानकारी दिने वेबसाइटहरुका अनुसार अहिले विश्वभरमा करिब ५१ देशहरुले सन् २०२५ सम्ममा पूर्ण रुपमा नै इभीलाई अनुसरण गर्ने र २०३० सम्ममा इभीको बिक्री ४ करोडसम्म पुग्ने अनुमान छ । 

सन् २०२२ मा १ करोड हाराहारी इभी बिक्री भएको र यो वर्ष उक्त संख्यामा ३५ प्रतिशतले बृद्धि भई १ करोड ४० लाख पुग्ने वेबसाइटहरुको दाबी छ ।

यसैबीच सन् २०२३ भरी विश्वमा १ करोड ४० लाख इभी बिक्री हुने प्रक्षेपण गरिएको छ । सन् २०२२ मा १ करोड हाराहारी इभी बिक्री भएको र यो वर्ष उक्त संख्यामा ३५ प्रतिशतले बृद्धि भई १ करोड ४० लाख पुग्ने वेबसाइटहरुको दाबी छ । इभीमा उपभोक्ताको रुची बढ्दै जानु र विश्वका कतिपय देशले यस्ता साधनको प्रवद्र्धनमा सरकारी तवरबाटै जोड दिँदै गएका कारण आगामी वर्षहरुमा इभीको बिक्रीले उच्च गती लिने देखिएको हो । 

पछिल्लो समय प्यासेन्जर कारमा मात्र नभई इभीको प्रयोग फ्लिट, कमर्सियल भेइकल, एचसिभी र वसमा समेत बढ्दै गएको छ । इभीको प्रयोग वढेसंगै पेट्रोलियम उद्योगको भविष्य भने थप संकटमा पर्दै जाने देखिन्छ । 

Skip This
Skip This
Logo