बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर नै अद्वितीय छः प्रधानमन्त्री प्रचण्ड

बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर नै अद्वितीय छः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय रहेको बताएका छन् । 

२५६७औं बुद्धजयन्तीको अवसरमा शुक्रबार लुम्बिनीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको लुम्बिनीमा जन्मिएका बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय रहेको बताएका हुन् । बुद्ध भौतिकवादी र द्वन्द्ववादी दुवै रहेका बताएका उनले  वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर बुद्धले भिक्षु संघको परिकल्पना र अभ्यास दुबै गरेका बताए । 

दर्शनको क्षेत्रमा मात्र नभएर चिन्तन र समाज विज्ञानको क्षेत्रमा बुद्धको योगदान विश्वव्यापी रूपमा सर्वमान्य रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले पूर्वीय दर्शन र सभ्यताको पछिल्लो युगमा बुद्ध सबैभन्दा प्रख्यात र मान्य व्यक्तित्व भएकाे धारणा राखे ।

साथै प्रधानमन्त्री प्रचण्डले बुद्ध जन्मस्थल लुम्बिनीसंगै कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको समग्र क्षेत्रलाई समेटेर विकास गरी स्थानीयवासीलाई त्यसकोे प्रतिफल दिने बताएका छन् । ‘अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा संघ संस्थाहरूको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवद्र्धन तथा विकास गरी स्थानीयवासीलाई विकासको प्रतिफल दिलाउन भगिरथ प्रयत्न गर्नेछ ।’ उनले भने । 

Skip This
Skip This
Logo