एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई सात विकेटले पराजित गर्दै नेपालले एशिया कपको यात्रा पक्का गरिसकेको छ । तीन साता अघिमात्र पनि नेपालले विश्वकप लिग–२ अन्तर्गतको महत्वपूर्ण खेलमा एकदिवसीय मान्यता र विश्वकप छनौट दुवै भइसकेको छ । सन् १९२० को दशकमा शुरू भएको नेपाली क्रिकेटका लागि यो निकै ठूलो उपलब्धि हो । समय अन्तरालकै कुरा गर्ने हो भने नेपालले करिव २ महिना भित्र नै यी तीन महत्वपूर्ण सफलता हात पारेको छ ।
सुन्दा कुनै परीको कथा जस्तो लाग्ने यी सफलता नेपालको त्यहि टोलीले प्राप्त गरेको हो जुन एक समय लिग–२ का ९ मध्ये सातौं त्रिकोणात्मक शृंखला सुरु गर्नुअघि धेरै नै कठिन अवस्थामा थियो । सन् २०१९ को अगष्टदेखि सुरु भएको लिग–२ नेपालले घरेलु मैदान कीर्तिपुरको क्रिकेट मैदानबाट सुरु गरेको थियो । त्यसयता २४ खेलमा ८ जितसहित १८ अंक बनाउँदा लिगको शीर्ष तीन त परै जाओस चार वर्षका लागि सन् २०१८ मार्चमा पाएको एकदिवशीय मान्यतासमेत गुमाउने अवस्थामा थियो ।
सन् १९२० को दशकमा शुरू भएको नेपाली क्रिकेटका लागि यो निकै ठूलो उपलब्धि हो । समय अन्तरालकै कुरा गर्ने हो भने नेपालले करिव २ महिना भित्र नै यी तीन महत्वपूर्ण सफलता हात पारेको छ ।

सो समय पनि टोलीमा अहिलेका अधिकांश खेलाडी थिए । पदाधिकारी पनि यिनै हुन् । क्यानको नेतृत्व र सुविधा पनि उस्तै थिए । तर, टिमले जित्न बिर्सेको थियो । शृंखलामा हारेका खेलको संख्याले नेपाललाई गिज्याइरहेको थियो । ठीक त्यही बेला नेपालको एकदिवशीय मान्यता जोगाइदिने आशा र अपेक्षासहित नेपाल क्रिकेट संघ (क्यान) ले भारतका मोन्टी देशाईलाई टिमको मुख्य प्रशिक्षकमा नियुक्ति दियो ।
नेपालले मोन्टीलाई भित्राउने एक मात्र उद्देश्य एक दिवसीय मान्यतालाई बचाई राख्नु थियो । असम्भव लाग्ने लक्ष्यका साथ नेपाली क्रिकेट टोलीसँग जोडिएका मोन्टीले आफ्नो पहिलो उद्धेश्य नै ड्रेसिङ रुमलाई खुशी बनाउने र एक ढिक्के क्रिकेट टोली बनाउने रहेको बताएका थिए ।
भइदियो पनि त्यस्तै नेपाली क्रिकेट टोली बिचको आन्तरिक विबाद विस्तारै कम हुँदै गए । मोन्टीले भने जस्तै ड्रेसिङ रुम भित्र साँच्चै नै खेलाडीहरु खुशी भए । अब के चाहियो र मोन्टीले आफूले प्राप्त गरेको जिम्मेवारी अर्थात नेपाललाई एक दिवसीय मान्यता दिलाउने कार्यमा अग्रसर भए । टियू क्रिकेट मैदानबाट नेपाली क्रिकेट टोलीको जिम्मेवारी सम्हालेका मोन्टीले नामिबिया, स्कटल्याण्ड र यूएईलाई हराउँदै असम्भव लाग्ने एक दिवसीय मान्यतामात्रै दिलाएनन् पहिलो पटक एक दिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुर्याए ।

सोही यात्राका दौरान स्कटल्याण्ड र नामिबिया जस्ता बलिया राष्ट्रहरुलाई नेपालले आफ्नै आँगनमा हराएर सिरिज नै क्लिनस्विप गर्यो । जित्न बिर्सेको टोलीले हार के हो त्यो भुलिसकेको थियो । भर्खर घरेलु क्रिकेटमा भएको म्याच फिक्सिङ र स्पट फिक्सिङका कारण क्रिकेटमा गिर्दै गएको साख जोगाउने जिम्मेवारी पाएका मोन्टीले नेपालको परम्परागत कमजोरी ब्याटिङमा विशेष ध्यान दिए । स्वयं पनि ब्याटिङमा विशेष दख्खल राख्ने मोन्टीले ओपनिङ जोडीदेखि लिएर अन्तिम ११ मा आउने सबै खेलाडीलाई टिकेर खेल्न र रन कसरी बनाउने भन्ने सिकाए । भयो नि त्यस्तै लिग–२ का प्रत्येक खेलमा कहिले ओपनिङ जोडी त कहिले मिडल अर्डरका खेलाडी जमे ।
स्वयं पनि ब्याटिङमा विशेष दख्खल राख्ने मोन्टीले ओपनिङ जोडीदेखि लिएर अन्तिम ११ मा आउने सबै खेलाडीलाई टिकेर खेल्न र रन कसरी बनाउने भन्ने सिकाए ।
यी दुबै सम्हालिन नसकेको अवस्थामा माथिल्लो क्रममा ब्याटिङ गर्न आउने खेलाडीहरुले नेपालको इनिङ सम्हालेर जितसम्म पुर्याए । लिग–२ का १२ खेलमध्ये ११ खेल जित्ने क्रममा मोन्टीले टिमका १५ जना खेलाडीलाई अवसर दिए ।
मोन्टी देसाई भन्दा पहिले नेपालले पाँच मुख्य प्रशिक्षक परिवर्तन गरिसकेको थियो । पहिलो सिरिज खेलाएर भारतीय प्रशिक्षक उमेश पटुवाल बिदा भए । त्यसपछि डेभ ह्वाटमोरको प्रशिक्षणमा खेलेको नेपाली खेलाडीले पुबुदु दाशानायके र मनोज प्रभाकरको समेत प्रशिक्षण पायो । तर ती कुनै पनि प्रशिक्षक प्रभावशाली सावित भएनन् । सोही कारण केही समयको प्रशिक्षणपछि नै उनीहरु बाहिरिए ।
मोन्टी देसाईभन्दा पहिले खेलिएका ५ खेलमध्ये नेपालले ४ खेलमा हार र १ खेल बिना कुनै रिजल्ट सकिएको थियो । यस्तो गम्भिर अवस्थामा नेपालको बागडोर सम्हालेका मोन्टीले लिग–२ सिरिजको अन्त्यपछि खेलाडीहरुको एक महिना अथक मेहनत गराए । अनि आफूसहित खेलाडी, ब्यवस्थापन टोली लगायत सबैलाई १० दिन आराम दिए । बिदा सकिए लगतै नेपालमै सञ्चालन हुने एसिसी प्रिमियर कपका लागि देशाईको नेतृतवमा टोली बन्दप्रशिक्षणमा सहभागी भयो ।
नेपाल रहेको समूहमा ओमान जस्तो बलियो र दाबेदार टोली भए पनि मोन्टीले नेपाली टोलीलाई निकै संयमित भएर खेलाए । सोही मेहेनतको प्रतिफल स्वरुप नेपालले २१ वर्षपछि पुनः एसियाकपमा स्थान बनाउन सफल भएको छ ।

४ महिनापछि पाकिस्तानमा सुरु हुने एसिया कप प्रतियोगितामा जम्मा ६ टोलीको सहभागिता रहेको छ । सोही ६ टोलीलाई समुह ‘ए’ र समूह ‘बी’ गरी दुई समुहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता भारत र पाकिस्तानसँगै प्रिमियर कप विजेता नेपाल छ । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफ्गानिस्तान छन् ।
नेपालले २१ वर्षपछि पुनः एसियाकप खेल्ने पाउने खुसियाली मनाइरहदा अर्कोतर्फ भारतीय क्रिकेट बोर्ड (बीसिसीआई)ले पाकिस्तानसँगको अस्थिर राजनीतिक सम्बन्धलाई कारण देखाउँदै पाकिस्तान जान मानिरहेको छैन ।
नेपालले २१ वर्षपछि पुनः एसियाकप खेल्ने पाउने खुसियाली मनाइरहँदा अर्कोतर्फ भारतीय क्रिकेट बोर्ड (बीसिसीआई)ले पाकिस्तानसँगको अस्थिर राजनीतिक सम्बन्धलाई कारण देखाउँदै पाकिस्तान जान मानिरहेको छैन । यस्तै, आयोजक पाकिस्तान पनि अर्को स्थानमा खेल सार्ने मनस्थितिमा छैन् । रिपोर्टका अनुसार यदि भारत पाकिस्तानको भुमिमा गएर एसियाकप नखेलेमा यसै वर्ष भारतमा सञ्चालन हुने ओडिआई विश्वकपमा पाकिस्तान सहभागी हुने छैन ।

यस्तै नेपालले आउने जुन/जुलाइमा जिम्बाब्बेमा हुने एकदिवशीय विश्वकप ग्लोवल क्वालिफायर खेल्नेछ । त्यो प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागिता रहनेछ । आईसीसी सुपर लिगको अन्तिम पाँच स्थानमा रहने टिम, लिग–२ का शीर्ष तीन टिम र यही मार्च अन्तिममा नामिवियामा हुने ग्लोवल क्वालिफायर प्लेअफका शीर्ष दुई गरी १० टिमले ग्लोबल क्वालिफायर खेल्नेछन् । लिग–२ का शीर्ष तीन– स्कटल्याण्ड, ओमान र नेपालसँगै सुपर लिगका अन्तिम दुई टिम जिम्बावे र नेदरल्याण्ड्सले मात्र ग्लोवल क्वालिफायर खेल्ने निश्चित भएको छ । सुपर लिगका बाँकी खेल र प्लेअफ प्रतियोगिताले बाँकी टिमको टुंगो लगाउनेछ ।





























प्रतिक्रिया