पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

 दैलेखमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।

दैलेखको नारायण नगरपालिका-११ को भन्भनेमा रहेको लोहोरे खोलामा डुबेर नौमुले गाउँपालिका-८ चौराठाका १८ वर्षीय खगेन्द्र नेपालीको ज्यान गएको हो ।

हिजाे दिउँसो लोहोरेखोलामा पौडी खेल्न लाग्दा डुबेका नेपाली मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

Logo