आत्महत्याको ६ दिनपछि व्यवसायी कँडेलको शव आज अन्त्यष्टी गरिँदै

आत्महत्याको ६ दिनपछि व्यवसायी कँडेलको शव आज अन्त्यष्टी गरिँदै

केन्द्रबिन्दु
0
Shares

पोल्ट्री व्यवसायी एवम् नेपाली काँग्रेसका नेता शंकर कँडेलको शवलाई आज देवघाटमा अन्त्यष्टी गरिने भएको छ। वैशाख १९ गते साँझ आफ्नै अफिसमा झुण्डिएको अवस्थामा फेला परेका कँडेलको शवको पाँच दिनपछि अन्त्यष्टी गर्न लागिएको हो।

शवको अन्त्यष्टी गर्नुअघि शवयात्रा निकाल्ने नेपाली काँग्रेस चितवनको तयारी छ। भरतपुर महानगरपालिका–८ स्थित कँडेलको निवासबाट बिहान ११ बजे काँग्रेस पार्टी कार्यालय कमलनगर, नारायणगढ हुँदै देवघाटसम्म शवयात्रा निकालेर अन्त्यष्टी गर्न लागिएको हाे । 

कँडेल चितवन काँग्रेसको पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य थिए। अनमोल फिड्सको ८५ प्रतिशत शेयर किनेका उद्योगी प्रदीप रुङ्गटा र अनमोलकै लेखा प्रमुख जीवन रावलले आफूलाई मर्न बाध्य पारेको कुरा कँडेलले सुसाइड नोटमा उल्लेख गरेका थिए।

Skip This
Skip This
Logo