नक्कली शरणार्थी प्रकरणले अन्य काण्डको जस्तो नियति नभोगोस्ः राजेन्द्र लिङ्देन

नक्कली शरणार्थी प्रकरणले अन्य काण्डको जस्तो नियति नभोगोस्ः राजेन्द्र लिङ्देन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण अन्य काण्ड जस्तो सेलाएर जान नहुने धारणा राखेका छन् ।  

आइतबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नक्कली शरणार्थी प्रकरणमा सरकारलाई सहयोग गर्न राप्रपा तयार रहेको बताएका हुन् । उनले विगतमा धेरै काण्ड र प्रकरणहरु भएपनि त्यसै सेलाएर गएको चर्चा गर्दै शरणार्थी प्रकरणले त्यस्तो नियति भोग्न नहुने बताए । 

उनले भने, ‘युवाहरुलाई देशभित्र रोजगार दिनपर्ने अवस्थामा, देशमा प्रशस्त उद्योग धन्दाहरुको व्यवस्था गर्न पर्ने ठाउँमा, देशकै नेताहरु लामो समयदेखि नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन्, केहि पक्राउ परे, एक पछि अर्को उच्च पदमा रहेका मानिसहरुको नाम आईरहेको छ, म सरकारलाई भन्न चाहन्छु यो छानविन र कारवाही क्रम जसरी अगाडि बढेको छ, विगतको एनसेल, ललिता निवास जस्तै यो काण्ड सेलाएर जान हुँदैन, देखाउनको लागि मात्र पनि हुनुहुँदैन, यो प्रकरणमा सरकारलाई सहयोग गर्न राप्रपा तयार छ ।’ 

अध्यक्ष लिङ्देनले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारले यो प्रकरणलाई सुविचारका साथ अघि बढाउनु पर्नें धारणा राख्दै कुनै पनि राजनीतिक स्वार्थ यस्मा गाँसिन नहुने बताए । उनले लडाकुको क्यान्टोनमेन्टको घोटाला काण्ड प्रधानमन्त्री दाहालकै शीरमा आएको चर्चा गर्दै त्यसकाे पनि फाइल खोलेर आफू चोखो छु भनेर देखाउन चुनौती पनि दिए ।

Skip This
Skip This
Logo