दिपक गौतमकाे नयाँ गीत ‘कौसीमा बसेर’ सार्वजनिक [भिडियो]

दिपक गौतमकाे नयाँ गीत ‘कौसीमा बसेर’ सार्वजनिक [भिडियो]

केन्द्रबिन्दु
0
Shares

कुशल चित्रकार तथा गायक दीपक गौतम र गायिका समीक्षा दाहालको सुमधुर स्वरमा ‘कौसीमा बसेर’ बोलको गीत सार्वजनिक भएको छ । उमेश लम्सालको शब्द रहेको गीतमा किरण भुसालले संगीत भरेका छन्।  

मनिता सुन्दासको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा देवेन्द्र बब्लु, रोशनी कार्की, भीष्मराज अधिकारी फिचर्ड छन् । अनिल कटवालले खिचेको भिडियोलाई उनी आफैले सम्पादन गरेका हुन् । भिडियोमा एक प्रेमिल जोडीको कथालाई समेटिएको छ । 

ओएसआर डिजिटलको युट्युबमार्फत् सार्वजनिक भएको भिडियोलाई हालसम्म  झण्डै २ लाखले हेरिसकेका छन् । 

२ दशकभन्दा बढिदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक गौतमका 'भुलेर पनि तिमीसँग, तिम्रो लागि मर्छु'लगायतका गीतका म्युजिक भिडियो सार्वजनिक भएका थिए । गायक गौतम कुशल चित्रकार तथा इलुस्ट्रेटर हुन् । उनी आफ्नो सांगीतिक रहर पूरा गर्ने क्रममा समय समयमा गायन क्षेत्रलाई निरन्तरता दिँदै आएका छन् । यसपटक उनले गायिका समिक्षासँग कौसीमा बसेर गीत गाएका छन् । जुन गीतलाई दर्शक स्रोताले मन पराउने विश्वास उनले लिएका छन् ।

 

Logo