सेवाग्राहीको आवश्यकता अनुसार विभिन्न प्रयोजनका लागि हेलिकोप्टरले सेवा दिँदै आएको छ । विशेषगरी सरसामनको ढुवानी, विपद् उद्धार, विकास परियोजनहरुको सर्वेक्षण, हिमाल अवलोकन जस्ता काममा हेलिकोप्टर प्रयोग हुँदै आएको छ ।
हेलिकोप्टरलाई विकट र अप्ठेरो भौगोलिक क्षेत्रमा विपत पर्दा, स्थानीय वासिन्दा र पर्यटकहरु बिरामी पर्दा उद्धार गर्ने प्रभावकारी साधनको रुपमा लिइन्छ । हेलिकोप्टरमा दुर्गम क्षेत्रमा ढुवानी मात्र होइन, हिमाली भेगको यात्राका लागि पर्यटकलाई भरपर्दो साधन समेत बनेको छ । पर्यटनदेखि वृत्तचित्र तथा चलचित्र निर्माणको क्रममा र मेला महोत्सवमा पनि हेलिकोप्टरको प्रयोग गरिन्छ । तर, भौगोलिक हिसाबले नेपालमा हेलिकोप्टर उडान सुरक्षित हुन सकिरहेको छैन ।
एक महिनामै ३ दुर्घटना
पछिल्लो ४ वर्ष हेकोप्टर उडान सुरक्षित मानिएको थियो । यो बीचमा नेपाली आकाशमा कुनै हेलिकोप्टर दुर्घटना भएनन् । तर पछिल्लो एक महिनाभित्र तीनवटा हेलिकोप्टर दुर्घटना भएपछि फेरि एक पटक नेपाली आकाशमा हवाईजहाजको सुरक्षालाई लिएर टिकाटिप्पणी सुरु भएका छन् ।
शुक्रबार संखुवासभामा सिम्रिक एयरको‘९एन–एजेजेड’ हेलिकप्टर दुर्घटनामा पर्यो । भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भयो भने ४ जना घाइते भएका थिए । सिम्रिक एयरको हेरिकप्टर हाइड्रो पावरको सामान ओसार्ने क्रममा दुर्घटनामा परेका हो ।
पछिल्लो एक महिनाभित्र तीनवटा हेलिकोप्टर दुर्घटना भएपछि फेरि एक पटक नेपाली आकाशमा हवाईजहाजको सुरक्षालाई लिएर टिकाटिप्पणी सुरु भएका छन् ।
२०७९ को चैत २५ गते काठमाडौंको ह्याम्स अस्पतालमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको थियो । अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पुच्छरको पंखा खुस्कियो । अर्को दिन चैत २६ गते धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । कार्गो लिएर गएको हेलिकप्टर दुर्घटनामा मानवीय क्षति भने भएन ।
हवाई दुर्घटना हुन नदिन हर प्रकारको सुरक्षा अपनाउँदा समेत पछिल्लो समय प्राविधिक कारणले दुर्घटना हुन पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
नेपालको इतिहासमा कति हेलिकप्टर दुर्घटना ?
नेपालको हवाई इतिहासमा ४० वटा हेलिकप्टर दुर्घटना भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार, दुर्घटनामा परी ९७ जनाको मृत्यु भएको छ । नेपालको इतिहासमा पहिलो पटक सन् १९७९ मा लाङटाङमा हेलिकप्टर दुर्घटना भएको थियो । लाङटाङमाभीभीआईपी हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । दोस्रो पटक सन् १९९७ मा कर्णाली एयरको हेलिकप्टर दुर्घटना हुँदा एक जनाले ज्यान गुमाए । यस्तै, सन् १९९८मा एसियन एयरआइन्सको हेलिकप्टर मूलखर्कमा दुर्घटना हुँदा ३ जनाको ज्यान गयो ।
सन् २००६ मा श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा बहालवाला वन राज्यमन्त्री गोपाल राई, संरक्षणविद् हर्क गुरुङसहित त्यसमा सवार सबै २४ जनाको मृत्यु भयो ।
सन् २००१ मा रारा तालमा फिस्टेलको हेलिकप्ट खस्यो । त्यति बेला पनि ४ जनाको मृत्यु भयो । फेरि सन् २००२ मा एसियन एयरकै हेलिकप्टरसोलुखुम्बुमा दुर्घटना हुँदा ११ जनाकोमृत्यु भयो । सन् २००३ मा सिम्रिक एयरको हेलिकप्टर सगरमाथा बेस क्याम्पमा दुर्घटनामा पर्दा २ जनाको ज्यान गयो । २००५मा रामेछापको ठोसेमा हेलि हान्सको हेलिकप्टर दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाउनुप-यो ।
नेपाली आकाशमा अहिलेसम्म भएका ४० वटा हेलिकोप्टर दुर्घटनामध्ये सबैभन्दा ठुलो ताप्लेजुङको घुन्सामा सन् २००६ मा भएको थियो । श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा बहालवाला वन राज्यमन्त्री गोपाल राई, संरक्षणविद् हर्क गुरुङसहित त्यसमा सवार सबै २४ जनाको मृत्यु भयो ।
यस्तै, २०१०मा फिस्टेल एयरको हेलिकप्टर अमादब्लम् हिमालमा दुर्घटना हुँदा २ जनाले ज्यान गुमाए । सन् २०१३ र २०१४मा पनि फिस्टेल एयरको हेलिकप्टर दुर्घटना हुँदा १–१ जनाले ज्यान गुमाएका थिए । दुर्घटना सिमिकोट र सिन्धुपाल्चोकमा भएको थियो । सन् २०१५मा माउन्टेन हेलीको हेलिकप्टर सिन्धुपाल्चोककको यमुना डाँडामा खस्दा ४ जनाको ज्यान गयो ।यस्तै २०१५ मै भूकम्प प्रभावितको उद्धारका लागि गएको अमेरिकी सेनाको हेलिकप्टर दोलखाको घोर्थलीमा दुर्घनामा हुँदा अमेरिकी सैनिकसहित १३ जनाको मृत्यु भयो । यता २०१६ मा नुवाकोटको बेतिनीमा फिस्टेलको हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भयो ।२०१८मा हिल्सामा मनाङ एयरको होलिकोप्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भयो । सोही वर्ष अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको मैलुङमा खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
यसैगरी सन् २०१९मा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाए । त्यति बेला नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र निर्देशक ध्रुब भोछिभया तथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पासहित ७ जनाको निधन भएको थियो ।
देशमा हेलिकप्टर दुर्घटना बढ्दै गएपछि छानबिन आयोग गठन भएको थियो । नेपालको भौगोलिक बनावट र मौसमको ख्याल नगरी उडान भर्ने प्रवृत्तिका कारण दुर्घटना बढ्दै गएको निष्कर्ष उड्डयन क्षेत्रका जानकारहरुको छ ।
नेपालमा हेलिकप्टर दुर्घटना हुनुको प्रमुख कारणनै प्राविधिक विषय भएको यस क्षेत्रका विज्ञहरु बताउँछन् ।
किन हुन्छ दुर्घटना ?
हेलिकप्टर पाइलटले आँखाले देखेको भूगोलको आधारमा उडाउनुपर्ने यातायात साधन हो । प्राधिकरणका अनुसार एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमान्ने, कुहिरोभित्र नछिर्ने मापदण्ड पालना नगर्ने, जमिनकै नजिक हेलिकप्टर उडाएर हवाई गतिविधि गर्ने र तोकिएको भन्दाबढी भारी बोकेका हेलिकप्टर दुर्घटनामा परेका छन् । हेलिकप्टर उडानअघि र पछि नियमित परीक्षण नगर्ने हेलिकप्टरहरु नै दुर्घटनामा पर्छन् । नेपालमा हेलिकप्टर दुर्घटना हुनुको प्रमुख कारणनै प्राविधिक विषय भएको यस क्षेत्रका विज्ञहरु बताउँछन् ।





























प्रतिक्रिया