जनशक्तिको उपयोगका लागि छुट्टै मन्त्रालय बनाउन सांसद पौडेलको माग

जनशक्तिको उपयोगका लागि छुट्टै मन्त्रालय बनाउन सांसद पौडेलको माग

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले जनशक्तिको उपयोगका लागि छुट्टै मन्त्रालय बनाउन माग गरेकी छन् ।

सोमबार सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे जारी छलफलमा सांसद पौडेलले स्वास्थ्य मन्त्रालयको सानो डेस्क बनाएर विभाग बनाएर जनसंख्याको काम नहुने भन्दै छुट्टै मन्त्रालय बनाउन माग गरेकी हुन् । 

उनले भनिन्, ‘भर्खरै हाम्रो जनसंख्याको तथ्यांक आएको छ, यसले पनि देखाएको छ, हामी बारम्बार भनिरहेका छौँ, हामीसँग जनशक्ति छ, त्यसको उपयोग गर्नुपर्छ । जनशक्तिको उपयोग गर्न छुट्टै मन्त्रालय चाहिन्छ, अहिले मन्त्रालय नै राख्न सकिँदैन भने स्वास्थ्य मन्त्रालयको सानो डेस्क बनाएर विभाग बनाएर जनसंख्याको काम हुँदैन। यत्ति धेरै हामीसँग जनशक्ति छ, हामीलाई केमा कस्तो स्किल भएका व्यक्ति चाहिन्छ, कहाँ काम छ, यसको लागि ठूलो लेखाजोखा गर्न जरुरी छ । जनशक्तिको योजना बनाउने भरणपोषण गर्ने खालको मन्त्रालयको जरुरी छ ।’ 

उनले पूँजी वृद्धि गरी जलवायु परिवर्तनको प्रकोपलाई रोक्न जरुरी रहेको पनि बताइन् ।  

Skip This
Skip This
Logo