प्रधानमन्त्री नै भ्रष्टहरुलाई जोगाउन लागेको ओलीको आरोप

प्रधानमन्त्री नै भ्रष्टहरुलाई जोगाउन लागेको ओलीको आरोप

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै भ्रष्टहरुलाई जोगाउन लागेको आरोप लगाएका छन् । 

पार्टी कार्यालय च्यासलमा राष्ट्रिय युवा संघको, कार्यक्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणको सन्दर्भमा एमालेले कसैको बचाउ नगर्ने तर प्रधानमन्त्रीले कसैलाई बचाउन खोजेको संकेत आफूले पाएको बताए । ‘मैले भ्रष्टहरु नछुटुन् भन्नुको अर्थ छ, प्रधानमन्त्री नै भ्रष्टहरुलाई जोगाउन लाग्नुभएको छ’ उनले भने, ‘मैले गएर मान्छे छुटाउन, दोषीलाई कारबाही नगर्न दबाव दिएँ भन्ने भान पार्न खोजिएको छ ।’

यो प्रकरणमा प्रधानमन्त्रीले नै बोलाएपछि आफू भेट्न गएको भन्दै ओलीले अहिले आफूले दबाव दिएको भान पार्न खोजिएको भन्दै आलोचना गरे ।

त्यस्तै अध्यक्ष ओलीले पहिचानको नाममा नेपाली जनतालाई विभाजित गर्ने काम भईरहेको दाबी पनि गरेका छन् । समग्र जनताको हित र पहिचानको नाममा जातीय आन्दोलन भएको उनको तर्क छ । 

‘अहिले जनताको विकासको राजनीति होइन, वल्लो घर र पल्लो घरमा लडाउने काम भएको छ। म लिम्बु र म राईलाई पहिचानको राजनीति भनेर बिथोल्ने काम भएको छ । सबैको खेत एकै ठाउँमा छ, पानी ल्याउनु छ, कुलो चाहिएको छ तर ऊ पहिचानको राजनीति भनेर जातीय आन्दोलन गर्दैछ’, उनले भने, ‘समग्र जनताको हितमा होइन, पहिचानको राजनीतिका नाममा नेपाली जनतालाई विभाजित गर्ने काम हुँदैछ ।’

Skip This
Skip This
Logo