ओलीसँग मिल्ने प्रचण्डको संकेतदेखि गगन थापाको उम्मेदवारी पक्कासम्म (भिडियोसहित)

ओलीसँग मिल्ने प्रचण्डको संकेतदेखि गगन थापाको उम्मेदवारी पक्कासम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये पुष्पकमल दाहाल प्रचण्डले नेकपाभित्र देखिएको विवाद मिलाउन ओलीसँग सहमति गर्नुपर्ने धारणा राखेका छन् । प्रचण्डले सोमबार आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफल गर्दै त्यस्तो धारणा राखेका हुन् । तर अहिले नै ठ्याक्कै कुनै सहमति भने बनिनसकेको उनकाे भनाइ छ ।

त्यस्तै काठमाडौं उपत्यकामा पहिरोमा परि एक जनाको ज्यान गएको छ । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा गएको पहिरोमा पुरिएर २२ वर्षिय नवराज गुरुङको मृत्यु भएको हो । लगातार परेको अविरल वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानको समस्या बढ्दो छ ।

सोमबारदेखि नेपाल विद्युत प्राधिकरणले नयाँ बिलिङ प्रणाली लागू गरेको छ । विद्युत नियमन आयोगले समायोजन गरेकोे नयाँ महशुल दरअनुसार प्राधिकरणले बिलिङ सिस्टम आजदेखि लागू गरेको हो ।

त्यस्तैगरी नयाँ आर्थिक वर्षको सुरुमै मेलम्चीको पानी काठमाडौं ल्याउने खानेपानी मन्त्री बिना मगरको बाचा भाषणमै सिमित भएको छ । चालू आर्थिक वर्ष सुरु भइसक्दा पनि परियोजनाको काम सम्पन्न नभएपछि मन्त्री मगरको प्रतिवद्धता भाषणमै सिमित भएको हो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता गगन थापा फेरि पनि महामन्त्रीमा लड्ने भएका छन् । केन्द्रबिन्दु अनलाइनसँगको विशेष अन्तर्वार्तामा आफ्नो धारणा राख्दै नेता थापाले आगामी १४ औँ महाधिवेशनमा आफू महामन्त्रीमा लड्ने पक्कापक्की भएको बताएका हुन् । महाधिवेशनमा कुन प्यानलबाट उम्मेदवारी दिने भन्ने अझै आधिकारीक रुपमा सार्वजनिक भने गरी सकेका छैनन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo