प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

केन्द्रबिन्दु
0
Shares

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ ।

परिषद्को सोमबार बसेको बैठकले वरिष्ठताको आधारमा कार्कीलाई सर्वसम्मत रुपमा सिफारिस गरेको हो।कार्कीले अहिले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी निर्वाह गर्दै आएका छन्।

परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ। तर संसदीय सुनुवाइ विशेष समिति भने अहिलेसम्म बनेको छैन।

कार्की अवकाश पाउन करिब तीन महिना बाँकी रहेको छ। कार्कीले आउँदो श्रावण २० गते उमेर हदका कारण अवकाश पाउने छन्। प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतको न्यायाधीशले ६५ वर्ष उमेर पुगेपछि अवकाश पाउने व्यवस्था छ।

तीस वर्ष वकालत पेसामा रहेका कार्की २०७२ सालमा महान्यायाधिवक्ता भएका थिए।  उनि २०७३ साल साउन १७ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका हुन्। 

Skip This
Skip This
Logo