पाल्पाका दुई स्थानमा झुन्डिएको अवस्थामा बेवारिसे शव फेला

पाल्पाका दुई स्थानमा झुन्डिएको अवस्थामा बेवारिसे शव फेला

केन्द्रबिन्दु
0
Shares

पाल्पामा झुन्डिएका अवस्थामा फरक फरक ठाउँमा दुई शब फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी र तिनाउ गाउँपालिकामा सोमबार झुन्डिएको अवस्थामा बेवारिसे दुईवटा शब फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार तिनाउ गाउँपालिका-३, झुम्सामा रहेको खुल्खुले सामुदायिक वन क्षेत्रमा र 
माथागढी गाउँपालिका-५, को सामुदायिक वनमा अर्को एक शव फेला परेको हो । 

दुवै शवहरु सडेगलेको अवस्थामा फेला परेको तथा पोष्टमार्टम र थप अनुसन्धानका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ। दुवैको पहिचान खुल्न सकेको छैन ।

Logo