उपायको आक्रामक विस्तार: एक वर्षमै ५४% कारोबार वृद्धि, १५०० भन्दा बढीलाई रोजगारी

उपायको आक्रामक विस्तार: एक वर्षमै ५४% कारोबार वृद्धि, १५०० भन्दा बढीलाई रोजगारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। नेपालको लजिस्टिक्स कम्पनी उपायले पछिल्लो एक वर्षमा कारोबार, रोजगारी, शाखा विस्तार तथा पूर्वाधार विकासमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। कम्पनीका अनुसार चालु आर्थिक वर्षमा कारोबार रकममा ५४ प्रतिशत वृद्धि भएको छ भने कर्मचारी संख्या ३८० बाट बढेर १,५०० भन्दा माथि पुगेको छ।

कम्पनीले प्रत्यक्ष रोजगारीसँगै डेलिभरी पार्टनर, स्थानीय यातायात साझेदार तथा अन्य सेवा प्रदायकमार्फत ५,००० भन्दा बढी अप्रत्यक्ष रोजगारी सिर्जना भएको दाबी गरेको छ।

सन् २०२० मा स्थापना भएको उपायले प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदान गर्दै आएको छ। हाल कम्पनीले ई–कमर्स, साना तथा मझौला व्यवसाय, उद्योग तथा विभिन्न संस्थालाई देशव्यापी ढुवानी तथा वितरण सेवा उपलब्ध गराइरहेको जनाएको छ।

कम्पनीका अनुसार पछिल्लो एक वर्षमा शाखा तथा सेवा केन्द्रको संख्या ४० बाट बढेर ४०० भन्दा बढी पुगेको छ। सेवा अहिले नेपालका सबै जिल्लासहित ५,००० भन्दा बढी वितरण केन्द्रसम्म विस्तार भएको छ।

त्यस्तै, दैनिक पार्सल वितरण क्षमता पनि उल्लेखनीय रूपमा बढेको छ। केही वर्षअघि दैनिक करिब १,००० पार्सल वितरण गर्ने कम्पनीले अहिले औसत १५,००० पार्सल प्रतिदिन वितरण गरिरहेको जनाएको छ।

साँगामा अत्याधुनिक 3PL वेयरहाउस निर्माण

उपायले काभ्रेको साँगामा करिब १८ रोपनी क्षेत्रफलमा ४५,००० वर्गफुटको अत्याधुनिक Third-Party Logistics (3PL) Warehouse निर्माणलाई तीव्र गतिमा अघि बढाएको जनाएको छ। कम्पनीका अनुसार यस वेयरहाउसको कुल भण्डारण क्षमता करिब १ लाख ४० हजार वर्गफुटभन्दा बढी हुनेछ।

आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त वेयरहाउस सञ्चालनमा आएपछि Storage, Inventory Management, Pick & Pack, Fulfillment तथा Nationwide Distribution लगायतका एकीकृत 3PL सेवाहरू एउटै स्थानबाट उपलब्ध गराइने कम्पनीले जनाएको छ।

हाल कम्पनीले काठमाडौंको पेप्सीकोलास्थित करिब १८,००० वर्गफुटको 3PL वेयरहाउसबाट सेवा सञ्चालन गर्दै आएको छ।

दीर्घकालीन पूर्वाधारमा लगानी

उपायको Fulfillment Division का अध्यक्ष संगम पौडेलले कम्पनीले तत्कालीन बजारको आवश्यकता मात्र नभई भविष्यको लजिस्टिक्स उद्योगलाई लक्षित गर्दै पूर्वाधार र प्रविधिमा लगानी गरिरहेको बताए।

उनका अनुसार नेपालमा व्यवसाय सञ्चालन गर्ने तरिका परिवर्तन भइरहेका कारण आधुनिक र एकीकृत लजिस्टिक्स समाधानको आवश्यकता बढ्दै गएको छ। नयाँ 3PL वेयरहाउसले नेपाली व्यवसायलाई अझ प्रभावकारी, व्यवस्थित र विस्तारयोग्य (Scalable) सेवा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।

रोजगारी र मानव संसाधन विकासमा जोड

कम्पनीका AVP–Human Resources राजु के.सी.ले पछिल्लो एक वर्षमा कर्मचारी संख्या चार गुणाभन्दा बढी वृद्धि हुनु नेपाली श्रम बजारका लागि पनि सकारात्मक संकेत भएको बताए।

उनले नियमित तालिम, सुरक्षित कार्य वातावरण, करियर विकास तथा कर्मचारी कल्याणलाई प्राथमिकतामा राख्दै उपायलाई दीर्घकालीन रोजगारीको उत्कृष्ट कार्यस्थल बनाउने लक्ष्य रहेको उल्लेख गरे।

डिजिटल व्यापारको साझेदार

उपायले हाल ई–कमर्स कम्पनी, उत्पादन उद्योग, खुद्रा व्यापार, जलविद्युत् आयोजना तथा अन्य व्यवसायलाई End-to-End Logistics Solution उपलब्ध गराउँदै आएको जनाएको छ।

Seller Portal, Real-Time Tracking, Proof of Delivery (POD), Fulfillment Service, Air Cargo, Integration Cargo Service तथा Enterprise Logistics Solutions जस्ता सेवामार्फत कम्पनीले डिजिटल व्यापारलाई थप सहज बनाइरहेको जनाएको छ।

थप विस्तारको योजना

कम्पनीले आगामी वर्षहरूमा देशव्यापी नेटवर्क विस्तार, थप 3PL Warehousing Facilities, Fulfillment Services तथा कृत्रिम बुद्धिमत्ता (AI) मा आधारित आधुनिक लजिस्टिक्स पूर्वाधारमा थप लगानी गर्ने योजना सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार पूर्वाधार, प्रविधि, जनशक्ति र सेवाको गुणस्तरमा निरन्तर लगानी गर्दै नेपाली व्यवसायका लागि दीर्घकालीन र विश्वसनीय लजिस्टिक्स साझेदार बन्ने लक्ष्य राखिएको छ।

Logo