काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजमा नेपालले आज नामिबियासँग खेल्दै छ। यी दुई टिमबीचको खेल दिउँसो २ः४५ देखि नेदरल्याण्ड्सको स्पोर्टपार्कको मैदानमा सुरु हुनेछ।
जारी सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ। नेपालले पहिलो खेलमा नामिबिया तथा दोस्रो म्याचमा नेदरल्याण्ड्ससँग क्रमशः ८ र ६ विकेटको हार बेहोरेको थियो।
नेपाल आज उत्कृष्ट पुनरागमन गर्दै नामिबियालाई हराउने योजनामा छ।
यद्यपि नामिबियाविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन। सन् २०२४ यता नेपालले नामिबियालाई हराउन सकेको छैन।
जारी लिग–२ मा नेपाल तालिकाको पाँचौं तथा नामिबिया छैटौँ स्थानमा छ।




















