बेलायत सरकारसँग नेपालका धेरै सम्बन्धहरु छन् : परराष्ट्रमन्त्री साउद

बेलायत सरकारसँग नेपालका धेरै सम्बन्धहरु छन् : परराष्ट्रमन्त्री साउद

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले बेलायती राजा, प्रधानमन्त्री लगायत वरिष्ठ अधिकारीहरुसँग विभिन्न कार्यक्रममा महत्त्वपूर्ण भेटघाट भएको बताएका छन् ।

लन्डनस्थित नेपाली दूतावासले आफ्नो सम्मानमा सोमबार साँझ आयोजना गरेको स्वागत कार्यक्रममा परराष्ट्रमन्त्री साउदले बेलायती राजालाई नेपाल सरकार र जनताका तर्फबाट बधाई र शुभकामना दिइएको पनि बताए।

बेलायत नेपालबीच शताब्दीऔँ पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री साउदले भने, ‘सुगौली सन्धि भएको पनि दुई सय वर्ष बढी र मैत्री सन्धि भएको एक सय वर्ष पुगेको छ । त्यो बाहेक पनि बेलायत सरकारसँग नेपालका धेरै सम्बन्धहरु छन्’, मन्त्री साउदले भने, ‘नेपालको पनि एकअर्काप्रति सम्मान र मर्यादा रहँदै आएको छ । विश्वास छ आउँदा दिनमा पनि यो सद्भाव सम्मान दुई देशबीच रहिरहने छ । यो काममा बेलायतस्थित नेपाली समुदायको निर्णायक र महत्त्वपूर्ण भमिका रहनेछ ।’ साउदले गत शनिबार बेलायतका राजा चार्ल्स तृतीय तथा रानी क्यामिलाको राज्याभिषेक समारोहमा भाग लिएका थिए ।

 

Skip This
Skip This
Logo