नेकपा एमालेका सांसद ठाकुर गैरेले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर त्यसवापत करोडौँ रकम लिने काम हुनु राष्ट्रघात र देशद्रोह भएको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद गैरेले उक्त प्रकरणमा संलग्न भएका सबैलाई कडा कारवाही हुनुपर्ने माग राखेका छन्। उनले भने ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसवापत करोडौँ लिने काम भ्रष्टाचार र अपराध हो। अपराध मात्र नभइ यो कार्य राष्ट्रघात र देशद्रोह हो। यस प्रकरणमा संलग्न सबैलाई कारवाही गर्नुपर्छ ।’
सांसद गैरेले शरणार्थी प्रकरणमा मुछिएका केही सांसदहरु अझै पनि सदनमा बोलिरहेको उल्लेख गर्दै संसदमार्फत सरकारलाई प्रश्न समेत गरेका छन्।































प्रतिक्रिया