दिनेश भट्टराई बने गृहसचिव

दिनेश भट्टराई बने गृहसचिव

केन्द्रबिन्दु
0
Shares

सरकारले गृह मन्त्रालयमा सचिव हेरफेर गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिव दिनेश भट्टराईलाई गृह सचिवको जिम्मेवारी दिने निर्णय मंगलबारकाे बैठकले गरेकाे हाे।

प्रधानमन्त्री कार्यालयका आर्थिक तथा पूर्वाधार हेर्ने सचिव भट्टराई प्रदेश १ को प्रमुख सचिव र वाणिज्य तथा आपूर्ति सचिवको भूमिकामा काम गरिरहेका छन् ।

गृह मन्त्रालयमा हुँदा विभिन्न महाशाखा र कार्यालय प्रमुख भएर काम गरेका सचिव भट्टराईले गृहसचिवको जिम्मेवारी पाएका छन् ।
गृहसचिव विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री कार्यालयमा पठाइएको छ ।भट्टराई भोलिबाट गृहमा हाजिर हुनेछन् ।

Skip This
Skip This
Logo