‘आइएमई पे’ मा आइएमईको केही अन्तर्राष्ट्रिय साझेदारहरुमार्फत रेमिट्यान्स प्राप्त गर्दा अब ग्राहकहरुले १०० रुपैयाँ बोनस पाउने छन् ।
आइएमई पेले आइएमई रेमिटसँगको सम्झौताअन्तर्गत ग्राहकहरुलाई सजिलै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गर्न मिल्ने सुविधा प्रदान गर्दै आइरहेको छ । साथै पछिल्लोसमय आइएमई पेले वालेटमा रेमिट्यान्स दावी गर्ने ग्राहकलाई ५० रुपैयाँ बोनस दिँदै आइरहेको छ ।
यसैक्रममा अब ग्राहकहरुले अमेरिका, यूरोप, क्यानाडा, मलेशिया, कतार, युएई, कुवेत र बहराइनलगायत विश्वको जुनसुकै स्थानबाट मनी ग्राम, इन्स्ट्यान्ट क्यास, अल अन्सारी एक्सचेन्ज, वोर्ल्डवाइड क्यास एक्स्प्रेस र इजी रेमिटबाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पेबाट प्राप्त गर्दा ग्राहक वर्गले १०० रुपैयाँ बोनस पाउने कम्पनीले जनाएकाे छ ।





























प्रतिक्रिया