नेक्सन इभी म्याक्स अब नेपाली बजारमा, यस्ताे छ मूल्य र फिचर

नेक्सन इभी म्याक्स अब नेपाली बजारमा, यस्ताे छ मूल्य र फिचर

केन्द्रबिन्दु
0
Shares

यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिवद्धता अनुरुप टाटा मोटर्सले नेक्सन इभी म्याक्सको नेपाली बजारमा विक्रीवितरण शुभारम्भ गरेको छ। 

कम्पनीको सर्वोत्कृष्ट ढंगले विक्री भइरहेको नेक्सन इभीको विस्तारित स्वरूप यो नयाँ गाडी ७.२ किलोवाट चार्जिङ्गको व्यवस्थासहित रु ४६ लाख ४९ हजारको आकर्षक मूल्यमा उपलब्ध छ। उत्कृष्ट एवं दिगो “मोबिलिटी”मा विश्वास राख्ने ग्राहकहरुलाई लक्षित नेक्सन इभीम्याक्सले देशको समग्र विद्युतीय सवारी साधनको बजारलाई नयाँ उचाई पुर्याउने अपेक्षा गरिएको कम्पनीकाे भनाई छ । 

उच्च भोल्टेजको उच्चतम जिपट्रन प्रविधियुक्त यो विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तिनवटा आकर्षक रङ्गहरुमा उपलब्ध छ । त्यसैगरी, स्ट्यान्डर्ड रङ्गको रुपमा डुएल टन बडी पनि उपलब्ध छ।                

४०.५ किलोवाट–प्रति घण्टा क्षमताभएको लिथिएम ब्याट्री प्याक जडित नेक्सन इभीम्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरु भन्दा ३३ प्रतिशतले बढी छ। यस कारणले यो गाडीले विना कुनै झञ्झट एआरएआईद्वारा प्रमाणित ४५३ किलोमिटर लामो रेञ्जको प्रत्याभूति गर्दछ । यसले १०० किलोवाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्ने बितिक्कै २५० एनएम बराबरको टर्क पैदा गर्छ।  

यस गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिन्छ । जसले ६.५ घन्टाको छोटो अवधिमा नै चार्जिङ्गकार्य सम्पन्न गर्दछ। नेक्सन इभीम्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डिसी फास्ट चार्जरको माध्यमबाट केवल ५६ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ जुनआफैमा अभूतपूर्व छ।  

साे अवसरमा टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रले भने, "नेपाली ग्राहकहरुले अत्याधिक रुचाएका नेक्सन र टिगोर मोडेलका इभीहरुको साथ टाटाले विगत केहि समयदेखि नेपालको विद्युतीय सवारी साधनको विकास एवं विस्तारमा अग्रणी भूमिका खेलिरहेको छ । यसै सन्दर्भमा नेक्सन इभीम्याक्सको बजारमा विक्रीवितरण आरम्भसँगै यस्तो भूमिका अझ सुदृढ हुने हामीले अपेक्षा गरेका छाैँ ।"

"अत्याधुनिक जिपट्रन प्रविधियुक्त नेक्सन इभीम्याक्समा जस्तोसुकै मौसम र सडक अवस्थामा यात्रा गर्न सकिन्छ। साथै, रेञ्ज,आराम र बनावट जस्ता दृष्टिकोणले पनि यो सर्वोत्कृष्ट छ। त्यसैले विद्युतीकरणको दिशामा अगाडि बढिरहेको नेपाली अटोमोबाइल बजारमा यसले अमिट छाप छोड्न सफलहुनेमा हामी विश्वस्त छाैँ ।"उनले थपे ।   

उनअनुसार यो विद्युतीयएसयूभीले नेपालीग्राहकहरुको विद्युतीय गाडीको अनुभवमा एक नयाँआयाम थपी टाटा ब्रान्डको छविमा सकारात्मक योगदान पुर्याउने छ।  

त्यस्तै, सिप्रदीग्रुप अफ कम्पनीका अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.राणा नेक्सन इभीम्याक्स नेपाली ग्राहकहरुको बदलिंदो आवश्यकताएवं इच्छालाई परिपूति गर्ने एक नविन सौगात भएको बताउँछन् । यो गाडी सिप्रदी र टाटा मोटर्सबीचको न्यानो साझेदारीमा एक नयाँ कोशेढुंगा सावित हुनेमा उनी विश्वस्त छन् ।  

नेक्सनइ भीम्याक्सको भित्री एवं बाहिरी बनावटबीच एक साँच्चै सुन्दर सामान्जस्यता छ। सेन्ट्रल कन्सोलमा व्यापक परिमार्जन गरी यसमा एक्टिभ मोड डिस्प्ले, मकरानाबिज इन्टेरिएर र अगाडि बस्ने यात्रुको लागि भेन्टिलेसनसहितको लेदरेट सिट, एअर प्युरिफाएर, वायरलेस स्मार्ट फोन चार्जिङ्ग जस्ता  सुविधाहरु भएको ज्वेवेल्ड सेन्ट्रल नबको व्यवस्था छ।नेक्सनइभीम्याक्स इको, सिटी र स्पोर्ट गरी जम्मा तिनवटा मोडहरुमा उपलब्ध छ।      

यस गाडीमा मल्टी–मोड रिगेनको विशेषता छ,जसले चालकलाई फ्लोर कन्सोल रहेको स्विच मार्फत रिजेनेरेटिभ ब्रेकिङ्गको लेभललाई  सहज तरिकाले मिलाउन सहयोग गर्दछ । ड्राइभिङ्ग अवस्थाअनुरुप रिगेनको चार विभिन्न लेबलहरु मध्ये एक प्रयोग गर्न सकिन्छ। लेभल ० मा शुन्य रिक्युपरेटिभ ब्रेकिङ्ग देखि लेभल ३ सम्म जसमा एउटै पेडल प्रयोग गरी गाडी हाँक्न सकिन्छ।  

नेक्सन इभीम्याक्समा एक अर्को अभुतपूर्व विशेषता छ,जसमा यसको ब्रेक ल्याम्प रिगेन निश्चित लेभलमा पुगेपछि बल्दछ । यसले सडकका अन्य चालकहरुलाई सचेत गराउन मद्दत गर्दछ । यस विद्युतीय एसयुभीमा सुरक्षाको निम्ति आइ–भीबिएसी सहितको इएसपी, हिलहोल्ड, इलेक्ट्रोनिकपार्किङ्ग ब्रेक र चारवटा डिस्क ब्रेक लगायतका गुणहरु छन् । ८ वर्ष वा १६० हजार किलोमिटरको वारेन्टी भएको ब्याट्री र मोटर टिकावट र विश्वसनीयताको लागि आइपी ६७ द्वारा प्रमाणित पनि छ ।                              

Skip This
Skip This
Logo