द डिस्टिङग्विस्ड जेन्टलम्यान राइड नेपालमा पनि हुने

द डिस्टिङग्विस्ड जेन्टलम्यान राइड नेपालमा पनि हुने

केन्द्रबिन्दु
0
Shares

विश्वभर सम्पन्न हुने द डिस्टिङग्विस्ड जेन्टलम्यान राइड नेपालमा पनि हुने भएको छ । उक्त राइड आगामी जेठ ६ गतेदेखि काठमाडौंमा हुने भएको हो ।

कोट पाइन्ट लगायतका पोशाक लगाएर ड्यापर स्टाइलमा सजिएका राइडरहरु सहभागी हुने सो राइड विश्वभर लोकप्रिय छ । पुरुषहरुको मानसिक स्वास्थ्य र प्रोस्टेट क्यान्सरको वारेमा जनचेतना जगाउन आयोजना गरिने सो राइड फ्रेन्ड्स अफ रोयल इन्फिल्ड नेपाल (फोरे नेपाल) को संयोजनमा हुनेछ ।

काठमाडौंको ज्ञानेश्वरस्थित एटिक क्याफेबाट शुरु हुने सो राइड पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर हुँदै पुनः एट्टिकमै पुगेर समापन हुनेछ । एट्टिकमा पुगे पछि लाइभ ब्यान्ड लगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरी राइड समापन हुनेछ ।

सो कार्यक्रममा जावा, रोयल इन्फिल्ड लगायतका भिन्टेज र क्लासिक बाइक राइडरहरु सहभागी हुनसक्ने छन् । सो कार्यक्रममा सहभागी हुन चाहनेहरुले रजिष्ट्रेसन गर्नुपर्छ । उनीहरुले यसका लागि आवश्यक रकम आफ्नो इच्छा अनुसार सहयोग पनि गर्न सक्छन् ।

फोरे नेपालका अध्यक्ष सुनिल मानन्धर ‘डायमन्ड’ का अनुसार गत वर्ष नेपालबाट ३७५ अष्ट्रेलियन डलर संकलन गरिएको थियो । यस वर्ष अहिले नै ५ सय डलर भन्दा बढी संकलन भइसकेको छ भने करिव १ हजार ५ सय डलर उठ्ने अनुमान गरिएको छ । यो वर्ष चितवन र धरानमा समेत यो कार्यक्रम हुँदैछ ।

Logo