‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन

‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन

केन्द्रबिन्दु
0
Shares

‘जिउँदो सहिद’ भनेर चिनिने काभ्रेका मुकेश कायस्थको निधन भएको छ। दोस्रो जनआन्दोलनमा घाइते भएका मुकेशको बुधबार साँझ उपचारका क्रममा निधन भएको हो।

लामो समयदेखि मुकेश बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए। २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो। त्यतिबेला उनी १४ वर्षका थिए। सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो।

Skip This
Skip This
Logo