बिष सेवनबाट सप्तरीमा एक बालिकाकाे मृत्यु

बिष सेवनबाट सप्तरीमा एक बालिकाकाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

विष सेवनबाट एक १३ बर्षिया बालिकाको मृत्यु भएको छ। महादेवा गाउँपालिका ३ बलिया बथनाहाका पवन कुमार यादवको छोरी बर्ष १३ की प्रिति कुमारी यादवकाे मृत्यु भएकाे हाे। धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।

बालिका तिरहुत गाउँपालिका-४ डिमन बस्ने जोगिन्द्र यादवको घर आएको समयमा मंगलबार मुसा मार्ने विषादी सेवन गरेकी थिइन्, सुरूमा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको लागि भर्ना गरिएपनि पछि धरान लगिएकाे हाे। मृतक बालिकाको शव धरानमा रहेको तथा घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी प्रबक्ता नरेश कुमार सिंहले जानकारी दिए।

Logo