नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको अन्त्य गर्न सके मुलुकमा सुशासन कायम गर्न सकिने बताएका छन् ।
उनले भ्रष्टाचार निर्मल पार्न सके सुशासन र लोकतान्त्रिक अभ्यासले विकास तथा समृद्धि कायम हुनेमा विश्वास व्यक्त गरे ।
दोलखा काठमाडौँ सम्पर्क मञ्चले आज नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय काठमाडौँमा आयोजना गरेको स्व पशुपति चौलागाइँको दोस्रो स्मृति दिवसका अवसरमा अध्यक्ष नेपालले दोलखाली कम्युनिष्ट पार्टी मात्र नभइ सिङ्गो दोलखामा उनको भूमिका र योगदान उच्च रहेको बताए ।
दुई वर्षअघि कोरोनाको उपचारको क्रममा निधन भएका चौलागाईँ तत्कालीन अवस्थामा नेकपा (एमाले)को पोलिटब्यूरो सदस्य थिए भने दुई कार्यकाल दोलखाको सभासद् भएका थिए ।































प्रतिक्रिया