लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्व परिवर्तन गरेर सरकार पुनर्गठन हुनुपर्ने बताएका छन् ।
बिहीवार जनकपुरधाम विमानस्थलमा अध्यक्ष ठाकुरले गठबन्धनको मर्म अनुसार उप चुनाव अगाडि भएको सम्झौता बमोजिम नै मधेश प्रदेशमा पनि सरकारको नेतृत्व र स्वरुप परिमार्जन हुनुपर्ने धारणा राखेका छन् ।
अध्यक्ष ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्वमा लोसपाको समेत दावी रहने बताएका छन् । उनले भने, ‘यो पहिलेनै सहमति भैसकेको छ,उपचुनावबाट मधेशमा मात्रै हैन कि अन्य प्रदेशमा पनि फेरवदल भैरहेको छ यहाँको बाँकी छ ।’ उनले थपे,‘नेतृत्वमा लोसपाले दावी किन नगर्ने ? गर्छ ।’
फरक प्रसंगमा अध्यक्ष ठाकुरले नक्कली भुटानी सणनार्थी प्रकरणको छानविन भइरहेकाले सबैले सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।































प्रतिक्रिया