काठमाडौं ।
खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको शेयर बजारमा ५ प्रतिशतले बढेपछि फेरि दोस्रो सर्किट ब्रेकर लागेको छ ।
पहिलो सर्किट लागेर २० मिनेट बन्द भएको बजार फेरि खुल्ने बित्तिकै ५ प्रतिशतले बढेको हो । अब बजार २० मिनेटका लागि स्थगित हुनेछ ।
आइतबार पनि शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढ्दा कारोबार स्थगित भएको छ । बजार खुलेको एक घण्टा आठ मिनेटमा परिसूचक नेप्से ६ दशमलव शुन्य चार प्रतिशत अर्थात ८४ दशमलव २६ अंकले बढ्दा तेस्रोपटक सर्किट लागेर कारोबार स्थगित भएको थियो ।































प्रतिक्रिया