ब्याज आम्दानी घटेपछि एनआईसी एशिया लघुवित्तको नाफा प्रभावित

ब्याज आम्दानी घटेपछि एनआईसी एशिया लघुवित्तको नाफा प्रभावित

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ५८.९३  प्रतिशतले घटेर २३ करोड २४ लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ। 

यस लघुवित्तको अघिल्लो वर्षको यसैअवधिमा यसले ५६ करोड ६० लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी ३४.९६ प्रतिशतले घटेर ७७ करोड ६७ लाख ६६ हजार रुपैयाँमा आएको छ। सञ्चालन नाफा पनि ५६.६३ प्रतिशतले घटेर ३३ करोड ४५ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ। 

चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ६६ पैसा छ। खराब कर्जा ३.४५ प्रतिशतले बढेर ४.९१ प्रतिशत पुगेको छ।

Skip This
Skip This
Logo