बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शुभद्रा मदन फाउन्डेसन (शुभम)का सञ्चालक मदन राई पक्राउ परेका छन् । शुक्रवार खोटाङस्थित शुभम फाउन्डेसनबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि फाउण्डेसनमा अध्ययनरत बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङकै हिसारतमा राखेर अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी मञ्जिल मुकारुङले जानकारी दिए ।
खोटाङस्थित शुभद्रा मदन फाउन्डेसनका संस्थापक रहेका राईले जनजागृति उच्च माध्यमिक विद्यालय व्यवस्थापन र सञ्चालन गर्दै आएका छन्। बिहीबार एक अनलाइनले आफ्नै फाउन्डेसनमा राईले बालिकाहरूमाथि गरेको यौन दुर्व्यवहार समाचार प्रकाशित गरेपछि यतिखेर उनको चौतर्फी विरोध भएको थियो ।
त्यसपछि शुक्रबार बिहान मात्रै उनले आफूमाथिकाे साे आराेप पुष्टि भए मृत्युदण्ड स्वीकार्य हुने बताएका थिए । सामाजिक सञ्जालबाट उनले भनेका थिए,‘यौन र श्रम शिक्षा अभियान हो, मेरो हाम्रो,यौन हिंसा र श्रम शोषण होइन हाम्रो, अब बहस गर्ने सही समय आएको छ, सबैले आ-आफ्नो ठाउँबाट थालौँ र हिंसा, अपराध,गरिबी,बेरोजगार, रोगी,निराशा, प्रकृतिको विनासबाट बचौँ बचाऊँ, मैले गरेको यौन शिक्षा अभियान यौन हिंसा लागे मलाई मृत्युदण्ड स्वीकार्य छ।’





























प्रतिक्रिया