म्यानचेस्टर सिटीलाई नयाँ खेलाडी अनुबन्धको चिन्ता

म्यानचेस्टर सिटीलाई नयाँ खेलाडी अनुबन्धको चिन्ता

केन्द्रबिन्दु
30
Shares

म्यानचेस्टर । म्यानचेस्टर सिटी अहिले परिवर्तनको बहावबाट गुज्रिरहेको छ। पेप ग्वार्डिओलाले दस वर्ष सिटी चलाए। उनीबिना खेल्न सजिलो हुने छैन। तर अहिले त सिटी पूरा टिम नै फेरिनुपर्ने संघारमा छ।

सन् २०२२–२०२३ को सिजनमा तीन उपाधि जितेको टिमबाट चार प्रमुख खेलाडीले छाडिसके र ती हुन्, म्यानुएल एन्कान्जी, नथान एके, बर्नार्डो सिल्भा र जोन स्टोन्स। यसबीच सिटीले नयाँ खेलाडीका रूपमा एलिट एन्डरसन र जेरेमी मोन्गालाई अनुबन्ध गरेको छ।

यो सिटीभित्रको परिवर्तनको क्रम सायद यही रोकिने छैन। विश्वकप विजेता स्पेनी टिमका रोड्री सोमबार शल्यक्रियाबाट गुज्रिने छन्। सिटीसँग उनको अनुबन्ध एकै वर्ष मात्र बाँकी छ। यस्तोमा रोड्रीको भविष्यलाई लिएर पनि अन्योल छ।

सायद सिटीलाई अहिले उनलाई फकाउने तनाव छ। यी ३० वर्षे मध्यपंक्तिका खेलाडीले चोटका कारण कति समय मैदान बाहिर बिताउने हो, त्यो टुंगो छैन। नयाँ प्रशिक्षकका रूपमा मिडियाको सामना गर्ने क्रममा एन्जो मारेस्काले भनेका छन्, उनी रोड्रीलाई टिममा कायम राख्न चाहन्छन्। यसबीच उनलाई किन्न रियल म्याड्रिडले रुचि देखाइरहेको समाचार पनि आइरहेको छ।

सिटीका लागि ठूलो प्रश्न हो, यी खेलाडीबिना टिमको मध्यपंक्ति कस्तो हुने त? कि सिटी यस प्रश्नको उत्तर पछाडि नलागेर मारेस्कोले जस्तै उनलाई टिममा राख्न चाहन्छन्। गत वर्ष चोटबाट मैदान फर्केयता उनलाई लिएर एउटा प्रश्न थियो, के यी खेलाडीको प्रदर्शन फेरि एकपल्ट बेलन डे’अर विजेता खेलाडीकै जस्तो हुनेछ त? कि यो नै उनको खेल जीवनको उच्च तह हो?

ग्वार्डिओलाको यस विषयमा भनाइ रहेको थियो, विश्वकपमा रोड्रीको प्रदर्शन उच्च रहनेछ, त्यसपछिको सिजन पनि उनको प्रदर्शन यस्तै रहनेछ। उनको यो भनाइ सही पनि रह्यो, रोड्रीकै नेतृत्वमा स्पेनले विश्वकप मात्र जितेन, उनी आफैं प्रतियोगिता उत्कृष्ट खेलाडी रहे, गोल्डन बल अवार्ड जितेर। मारेस्काले भने अहिलेका लागि खालि यति भनेका छन्, रोड्री त्यस्ता खेलाडी हुन्, जसलाई आफ्नो टिममा होस् भनेर सबै चाहन्छन्।

उनी भन्छन्, ‘अबको शल्यक्रियापछि उनलाई केही दिन आराम चाहिनेछ। उनलाई त्यस चोटबाट पूर्णतः मुक्त हुन पनि समय चाहिनेछ। त्यसपछि मात्र उनी हाम्रा लागि मैदानमा उत्रने छन्।’ त्यसको अर्थ के भन्दा अहिलेका लागि सिटी यी खेलाडीलाई टिममै होस् भन्ने चाहन्छन्। कुरा यत्तिकैमा सकिन्न, स्वयं खेलाडीचाहिँ के चाहन्छन्, सिटीमै रहने कि, रियलतर्फको सम्भावित बाटो खुलाउने?

यसबारे यी खेलाडीले ठ्याक्कै मुख खुलाएका छैनन्। तर स्पेनी मिडियालाई विश्वास गर्ने हो भने उनी नयाँ चुनौतीको सामना गर्न चाहन्छन् र यो भनेको नयाँ क्लब हुन सक्छ। भिल्लारियलबाट आफ्नो खेल जीवन सुरु गरेका रोड्रीले केही समय एथलेटिको म्याड्रिडमा पनि बिताए। सन् २०१९ यता त उनी सिटीमै छन्। उनी ३० वर्षका पनि भइसके, त्यसैले अहिलेको स्थिति उनलाई लिएर सिटीका लागि तनावकै समय हो। एपी

Logo