ललितपुर महानगरद्वारा पाटन अस्पताललाई एक करोड आर्थिक सहयोग

ललितपुर महानगरद्वारा पाटन अस्पताललाई एक करोड आर्थिक सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ललितपुर महानगरले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड आर्थिक सहयोग गरेको छ ।

मंगलबार एक कार्यक्रमका बीच पाटन अस्पताललाई ललितपुर महानगर पालिकाका मेयर चिरिबाबु महर्जनले चेक हस्तान्तरण गरे । कार्यक्रममा मेयर महर्जनले अस्पतालले महानगरबासीलाई पुर्याएको सहयोगको लागि महानगरले थोरै भएपनि सहयोग गर्न पाएकोमा सन्तोष मिलेको बताए ।

सहयोगको शिलशिला बल्ल सुरु भएको भन्दै मेयर महर्जनले आगामी दिनमा निरन्तर सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पाटन अस्पताल पुरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ । यस अस्पताल अन्तर्गत रहेको स्याटलाइट अस्पतालहरुले देशैभरी सेवा दिइरहेका छन् ।

 

Skip This
Skip This
Logo