दार्चुलामा पहिरो : आमा-छोरी बेपत्ता

दार्चुलामा पहिरो : आमा-छोरी बेपत्ता

केन्द्रबिन्दु
0
Shares

दार्चुला ।

दार्चुलाको नौगाड गाउँपालिका-६ परिगाउँमा पहिरो जाँदा आमा छोरी बेपत्ता भएका छन् । स्थानीय महिला ३५ वर्षीया मानमती ठगुन्ना र उनकी ६ वर्षीया छोरी रेवती ठगुन्ना बेपत्ता भएका हुन् ।

पहिरोले परिगाउँमा मात्रै विद्यालय भवन, २८ वटा बाख्रासहित बाख्रा फर्म, तीन वटा पानी घट्ट समेत बगाएको छ । स्थानीयबासी तीन वटा घर पूर्ण रुपमा क्षती हुनुका साथै खेतबारी समेत बगाएको छ ।

अहिले घटनास्थलमा उद्धारका लागि स्थानीयवासीसँगै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली समेत खटिएको छ । थप विवरण आउन बाँकी छ ।

आइतबार देखि देशभरको मौसम परिवर्तन भई वर्षा भइरहेकाले थप क्षति हुन सक्ने भन्दै सर्तक रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

Skip This
Skip This
Logo