काठमाडौं ।
काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागले ओखरपौवा स्यानिटरी ल्याण्डफिल्ड साइटमा पु¥याइएको फोहोरको परिमाणका आधारमा निकालेको तथ्याङ्क हो । यसबाहेक संकलन हुन नसकेको फोहोर र श्रोतमा घटाएको फोहोरको मात्रा पनि छ । यसको तथ्याङ्क यकिन छैन । १ हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र त्यसपछि ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर संकलन गरेर ल्याण्डफिल्ड साइटमा पु¥याउने गरिएको छ । उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्याण्डफिल साइटमा पु¥याउने गरिएको छ ।
उपत्यकाका नगर क्षेत्रमध्ये गोकर्णेश्वर नगर तेश्रो धेरै फोहोर उत्पादन हुने नगर हो । यस नगरबाट दैनक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । त्यसपछि नागार्जुन, टोखा, तारकेश्वर र बुढानिलकण्ठ गरी ४ वटा नगर क्षेत्रबाट हरेकबाट ३५/३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको महानगरको तथ्याङ्कले देखाउँछ । यी नगरहरु फोहोर उत्पादनका कोणबाट चौथा ठूला नगर हुन् । त्यसपछि काठमाडौंको चन्द्रागिरी, ललितपुरको महालक्ष्मी र भक्तपुरको मध्यपुर थिमी नगर क्षेत्र हरेकबाट ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । यी नगर पाँचौ स्थानमा परेका छन् ।
ललितपुरको गोदावरी र भक्तपुरको सूर्यविनायक नगर क्षेत्रबाट क्रमशः २५/२५ मेट्रिक टन, काठमाडौंको कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन, काठमाडौंकै दक्षिणकाली र भक्तपुरको चाँगुनारायण नगर क्षेत्रबाट १५/१५ मेट्रिक टन फोहोर संकलन हुने गरेको छ । शंखरापुर नगर क्षेत्रबाट ८ मेट्रिक टन र सबैभन्दा कम कीर्तिपुर नगरबाट दैनिक ६ मेट्रिक टन मात्र फोहोर उत्पादन हुने गरेको छ ।
महानगरको फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख निर्मलराज बरालका अनुसार उपत्यकाका नगरबाहेक नुवाकोट जिल्लाको ककनी गाउँपालिकाका स्थानीय र धादिङ् जिल्लाको धुनिबेँसी नगरबासीले पनि ल्याण्डफिल साइटमा फोहोर लैजाने गरेका छन् ।
फोहोर सबै ठाउँबाट उत्तिकै र उस्तै प्रकृतिको उत्पादन हुँदैन हुँदैन । बस्ती क्षेत्रमा जैबिक फोहोर बढी र व्यवसायिक ठाउँमा अजैबिक फोहोर धेरै उत्पादन हुन्छ । महानगरले निकालेको तथ्याङ्क अनुसार औसतमा एकजना महानगरबासीले एक दिनमा ४६५ ग्राम फोहोर उत्पादन गर्छ । कुल फोहोरलाई औसतमा बर्गीकरण गर्दा करीब ६३ प्रतिशत जैविक फोहोरको मात्रा देखिन्छ । त्यस्तै ११ प्रतिशत प्लाष्टिकजन्य, ९ प्रतिशत कागजजन्य, ५ प्रतिशत शीसाजन्य, ०.५ प्रतिशत धातुजन्य फोहोर देखिन्छ । यी दुवै प्रकारका फोहोरलाई पुनःप्रयोग गरेर उपयोगमा ल्याउन सकिन्छ । तर, अहिलेसम्म एकीकृत र समन्वयात्मक रुपमा यो काम हुन सकेको छैन । आजसम्मको अभ्यास भनेको फोहोर संकलन गर्ने, ढुवानी गर्ने र अन्तिम व्यवस्थापनका लागि ल्याण्डफिल साइटमा पु¥याउने काम नै फोहोर व्यवस्थापनको मुख्य काम बनेको छ ।





























प्रतिक्रिया