‘शरणार्थी प्रकरणमा मुछिएकाहरु नै खुल्लमखुल्ला चुनौती दिँदै हिँड्नु गम्भीर’ -स्वर्णिम वाग्ले

‘शरणार्थी प्रकरणमा मुछिएकाहरु नै खुल्लमखुल्ला चुनौती दिँदै हिँड्नु गम्भीर’ -स्वर्णिम वाग्ले

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले नेपालबाट उब्जेको नक्कली भुटानी शरणार्थी काण्डलाई सामसुम पार्न दिनु नहुने बताएका छन् । 

आईतबार काठमाडौंमा आयेजित नक्कली भुटानी शरणार्थी प्रकरण विषयक कार्यक्रममा बोल्दै सांसद वाग्लेले यो काण्डमा संसार भर छरिएर रहेका नेपालीहरुको पनि प्रतिष्ठाको विषय बनेको बताएका हुन् । उनले आफुले यो केसबारे उठान गर्दा ट्वीटरमा राष्ट्रसंघका महासचिवलाई पनि ट्याग गरेको चर्चा गर्दै आफूलाई यो प्रकरण अन्तर्रांष्ट्रियकरण गराएको आरोप पनि लागेको गुनासो गरे । 

उनले भने, ‘नक्कली भूटानी शरणार्थी प्रकरणालाई विश्व समुदायले चासोका साथ हेरेको छ , विदेशका धेरै मुलुकमा बसेका नेपालीको प्रतिष्ठासग पनि जोडिएको छ, त्यसैले पनि यो केसलाई सामसुम पार्न दिनु हुँदैन ।’

सांसद वाग्लेले भ्रष्टाचारमा संलग्न भएका भनिएकाहरुले पनि प्रमाण देखाउन चुनौती दिँदै हिँड्नुलाई गम्भीरताका साथ लिनुपर्ने बताए । खुल्लमखुल्ला चुनौती दिनसक्ने आटँ आंशकित व्यक्तिहरुको कहाँबाट आयो त्यसतर्फ ध्यान दिनु जरुरी भएको पनि उनको भनाइ थियो । 

Skip This
Skip This
Logo