‘मौद्रिक नीतिले वर्तमान अर्थतन्त्र चलायमान बनाउन सक्दैन’ -अध्यक्ष ढकाल

‘मौद्रिक नीतिले वर्तमान अर्थतन्त्र चलायमान बनाउन सक्दैन’ -अध्यक्ष ढकाल

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन नसक्ने बताएका छन् ।

इकोनोमिक मिडिया सोसाइटी नेपाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले निजी क्षेत्रले अपेक्षा गरेजस्तो अर्थतन्त्र चलायमान बनाउन नसक्ने जनाएका हुन् ।   

‘केन्द्रिय बैंक, राष्ट्र बैंकले बैंकको कर्जामा पुनःतालिकिकरण र पुनः संरचनाको सुविधा दिएपनि पाँच करोडमा मात्रै सीमित बनायो, असार मसान्तसम्म बैंकको कर्जामा पाँच करोडसम्मको मात्रै पुनःतालिकीकरण र पुनः संरचनाको सुविधा पर्याप्त हुँदैन,’ उनले भने, ‘यसकारण पनि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाले पनि नीजि क्षेत्रलाई उत्तसाहित बनाउन सकेको छैन ।’ 

वर्तमान अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्नका लागि मौद्रिक नीतिको समीक्षा पर्याप्त नभएको अध्यक्ष ढकालको भनाई छ । जसका कारण अझै पनि मुलुक चुनौतीपूर्ण अर्थतन्त्रबाट बाहिर निस्कने अवस्था बन्न नसकेको उनले बताए ।

यद्धपी, मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा उद्योग बाणिज्य महासंघले दिएका सुझावहरू सम्बोधन भए पनि पूर्णरुपमा लागू नगरिएको अध्यक्ष ढकालको गुनासो थियो ।

Logo