फागुन महिनामा झण्डै ५ लाखले घटेको मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको सङ्ख्या पुनः बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो फागुनको तुलनामा चैत महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको सङ्ख्या ३ लाख ६८ हजार ७६४ ले बढेको हो ।
समीक्षा अवधिमा मोबाइल बैंकिङमार्फत कूल २ खर्ब ७ अर्ब ४५ करोड २० लाख रुपैयाँ बराबरको भुक्तानी (ट्रान्जेक्सन) भएको छ । फागुन महिनामा यस्तो ट्रान्जेक्सन १ खर्ब ९१ अर्ब ८२ करोड ४० लाख रुपैयाँ बराबर भएको थियो ।
यस्तै, समीक्षा अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुको सङ्ख्या १७ लाख ९८ हजार ८६६ पुगेको छ भने यस्तो प्रयोगकर्ताहरुबाट चैतमा १३ अर्ब ६७ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो महिना इन्टरनेट बैंकिङमार्फत १३ अर्ब ८६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।































प्रतिक्रिया