नेपाल दुरसञ्चार प्राधिकरणले ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम अर्थात् एमडीएमएस प्रणाली सोमबारदेखि कार्यान्वयनमा आएको छ। नेपालमा हुने मोबाइल सेटको प्रयोग र आयातलाई व्यवस्थित बनाउन प्राधिकरणले सोमबारदेखि एमडीएमएस प्रणाली कार्यन्वयनमा ल्याएको हो।
गत मंगलबार मन्त्रीपरिषदको बैंकले झिटीगुन्ठी नियमवाली संशोधन गर्दै विदेशबाट आउँदा आफ्नो साथमा दुई थान मोबाइल ल्याउन पाउने व्यवस्था गरेको थियो। सरकारको यस्तो निर्णयसँगै प्राधिकरणले जेठ १ गतेबाट एमडीएमएस प्रणाली कार्यन्वयनमा ल्याएको जनाएको छ।
नेपालमा हुने मोबाइल सेटको प्रयोग र आयातलाई व्यवस्थित बनाउन प्राधिकरणले सोमबारदेखि एमडीएमएस प्रणाली कार्यन्वयनमा ल्याएको हो।
प्राधिकरणले ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम विनियमावली, २०७५’ बनाएर २०७६ मा प्रणाली लागू गर्ने घोषणा गरेको थियो। विनियमावली अनुसार एमडीएमएस लागू भएको ६ महिनाभित्र काम सम्पन्न हुनुपर्ने हो तर एमडीएमएस र झिटीगुन्ठी नियमवाली नमिल्दा एमडीएमएस कार्यन्वयनमा आउने मिती पटक पटक स्थतिग भएको थियो।
यस अघि नियमवालीमा विदेशबाट नेपालमा आउदा एक थान मात्र मोबाइल ल्याउन पाउने व्यवस्था रहेकाे थियो। यही व्यवस्था बाधक बन्दा एमडीएमएस कार्यन्वयनमा आउन सकेको थिएन्।
यस नियमवलीका कारण एमडीएमएस कार्यन्वयनमा आएपनि पटक पटक स्थगित भएकाे थियाे। फलस्वरुप २०७९ भदौ ३० गतेदेखि कार्यन्वयनमा आएको एमडीएमएस रोकिएको थियो।
त्यस्तै, २०७९ पुस १५ गते कार्यन्वयनमा आउने भनेको एमडीएमएस कार्यन्वयनमा नआउदै चौतर्फि विरोध भयो। खास गरी वैदेशिक रोजगारीमा जाने व्यक्तिले फर्किदा साथमा १ थान मोबाइलमात्र ल्याउन पाउने भनेपछि चौतर्फि विरोध गर्दै “नो रेमिट्यान्स अभियान” समेत चलेकाे थियाे।
त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तत्काल एमडीएमएस कार्यन्वयन रोक्न निर्देशन दिएका थिए। प्रधानमन्त्री दाहालले दिएको निर्देशनपछि अन्योलमा परेको एमडीएमएस प्रणाली कार्यन्वयन गर्न गत मंगलबार मन्त्रीपरिषदको बैठकले झिटीगुन्ठी नियमवलीनै संशोधन गर्यो ।
एमडीएमएस प्रणाली कार्यन्वयनमा नआउँदा खुल्ला सिमानाबाट तस्करहरुले चोरी परौठी गरेर मोबाइल आयात गर्दै आएको व्यवसायीहरु बताउँछन्।
जेठ १ गते देखि विदेशबाट आउदा आफूले चलाएको बाहेक थप एक थान मोबाइल ल्याउन मिल्ने नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सन्तोष पौडेलले बताए । “यसअघि विदेशबाट आउँदा एक थान मोबाइल मात्र ल्याउन मिल्ने व्यवस्था थियो ।”, उनले भने, “यही व्यवस्था एमडीएमएस कार्यन्वयनमा बाधक बनेको थियो। यो व्यवस्था नै संशोधन भएसँगै एमडीएमएस कार्यन्वयनमा आएको छ।” एमडीएमएस प्रणाली कार्यन्वयनमा नआउँदा खुल्ला सिमानाबाट तस्करहरुले चोरी परौठी गरेर मोबाइल आयात गर्दै आएको व्यवसायीहरु बताउँछन्।
मोबाइल फोन एमडीएमएसमा दर्ता भएपछि चोरी भएमा वा हराएमा कसैले प्रयोग गर्न नसक्ने प्राधिकरणका सह-प्रवक्ता अच्युतनन्द मिश्रले बताए। उनका अनुसार वर्षैनी व्यापारको रुपमा नेपाल भित्रिने अवैध मोबाइलअबका दिनमा दर्ता भएर,कर तिरेर मात्र ल्याउन पर्ने हुन्छ।
चालु आर्थिक वर्षमा दर्ता भएका मोबाइल ४० प्रतिशत छन् भने अन्य व्यावसायिक रुपमा भित्रिएका मोबाइल ६० प्रतिशत रहेको छ।यसले राज्यको राजस्व संकलन प्रभावित भई सरकारलाई घाटा भएको प्रष्ट हुन्छ।
के हो एमडीएमएस ?
एमडीएमएस (मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) प्रणालीले मोबाइल सेटहरुको गैरकानूनी आयात, विक्री वितरण तथा प्रयोगलाई व्यवस्थित गर्न र चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपालभित्र हराएका र चोरी भएका मोबाइल नचल्ने व्यवस्था हो।
करिब एक अर्ब रुपैयाँ लगानीमा तयार पारिएको एमडीएमएस प्रणालीले मोबाइल सेटको परिचय दिने आइएमइआई नम्बरको दर्ता गरेर सम्पूर्ण मोबाइल सेटको जानकारी संकलन गर्छ ।
करिब एक अर्ब रुपैयाँ लगानीमा तयार पारिएको एमडीएमएस प्रणालीले मोबाइल सेटको परिचय दिने आइएमइआई नम्बरको दर्ता गरेर सम्पूर्ण मोबाइल सेटको जानकारी संकलन गर्छ । एमडीएमएस प्रणालीमा दर्ता भएका आइएमइआई नम्बरको आधारमा ह्वाईट लिस्ट, ग्रे लिस्ट र ब्ल्याक लिस्टको सूची बनाइने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार ह्वाईट लिस्टमा प्रयोग गर्ना मिल्ने वैधानिक मोबाइल हुनेछन्।ग्रे लिस्टमाउजूरी परेर छानबिन हुँदै गरेका तथा शंकास्पद र ब्लाक लिस्टमा चोरी भएका, हराएका, अवैध भएका नम्बरहरु राखिने छ भने दर्ता भएका तर प्रयोग गर्न नमिल्ने मोबाइलका आइएमइआई नम्बरहरु पर्नेछन्।
प्राधिकरणका अनुसार अवदेखि ह्वाइट लिस्टमा राखिएका आइएमइआई नम्बरको मोबाइलमात्र प्रयोग गर्न सकिनेछ। हराएका र चोरी भएका मोबाइल ट्रर्याकिङ र ब्लकिङ गर्न सकिनेछ। मोबाइल व्यवसायीहरूले फोन ल्याउदा एमडीएमएस प्रणालीको इम्पोटर्स पोर्टलबाट आइएमइआई नम्बर दर्ता गर्नुपर्छ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएर कम्तीमा लगातार ६ महिना काम गरेर फर्केका नेपाली नागरिकले आफूले प्रयोग गरेको बाहेक थप एक थान मोबाइल ल्याउँदा कुनै प्रकारका शुल्क लाग्दैन।
क-कसले ल्याउन पाउँछन दुई वटा फोन ?
विदेश गएर फर्किने सबैले दुई वटा फोन ल्याउन पाउँदैनन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएर कम्तीमा लगातार ६ महिना काम गरेर फर्केका नेपाली नागरिकले आफूले प्रयोग गरेको बाहेक थप एक थान मोबाइल ल्याउँदा कुनै प्रकारका शुल्क लाग्दैन।
घुमफिर भिसा र विद्यार्थी भिसामा विदेश गएर फर्केका नेपाली नागरिकले ल्याएको मोबाइल एमडीएमएस प्रणालीमा दर्ता हुँदैन । अवदेखि दर्ता नभएको मोबाइन नेपालमा नचल्ने प्राधिकरणले जनाएको छ।
कसरी दर्ता गर्ने?
फोन नेपाल भित्रिएको १५ दिनभित्र एमडीएमएसमा दर्ता गर्नुपर्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार मोबाइलमा एमडीएमएसमा दर्ता गर्न भनेर मेसेज आउँछ । अनलाइनमार्फत् १५ दिनभित्र दर्ता गर्नुपर्छ।
यस्तै, मोबाइल फोन दर्ता गर्न विमानस्थलमै एउटा डेस्क हुन्छ । त्यहाँ बसेका प्राविधिक कर्मचारीले दर्ता गर्ने प्रकृया पुरा गरेको निश्चित समयमा फोन चल्ने सूचना प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले बताइन्।
आधिकारिक नेपाली व्यवसायीमार्फत खरिद गरिएका फोन भने व्यवसायीले नै दर्ता गरेर ल्याउने भएकाले नेपालमा किनेका फोनहरु दर्ता गर्न नपर्ने प्राधिकरणले जनाएको छ ।
मोबाइल दर्ता छ कि छैन कसरी थाहा पाउने ?
विदेशीबाट ल्याएका मोबाइल फोन मात्रै दर्ता गर्नु पर्छ । आधिकारिक नेपाली व्यवसायीमार्फत खरिद गरिएका फोन भने व्यवसायीले नै दर्ता गरेर ल्याउने भएकाले नेपालमा किनेका फोनहरु दर्ता गर्न नपर्ने प्राधिकरणले जनाएको छ ।
मोबाइल खरिद गर्नु अघि https://mdms.nta.gov.np/ वेबसाइट बाट सो मोबाइलको आईएमईआई दर्ता भएको छ कि छैन भनेर चेक गरी सो मोबाइल नेपालमा चल्छ कि चल्दैन थाहा पाउँन सकिन्छ । आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा पाउन आफ्नो मोबाइलमा ‘*#06#’ डायल गर्नुपर्छ । २ वटा सिमकार्ड चल्ने मोबाइलमा २ वटा नै आईएमईआई नम्बर देखिन्छ । यदि २ वटा सिमकार्ड लाग्ने मोबाइल छ भने २ वटै आईएमईआई नम्बर दर्ता भएको हुनुपर्छ।





























प्रतिक्रिया