एमाले सांसद टोपबहादुर रायमाझी निलम्बित

एमाले सांसद टोपबहादुर रायमाझी निलम्बित

केन्द्रबिन्दु
0
Shares

सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी प्रतिनिधिसभालाई गराएका छन् । 

आइतवार बुढानिलकण्ठस्थित आफन्तको निवासवाट पक्राउ परी सोह्रखुट्टे प्रहरी हिरासतमा रहेका रायमाझीका बारेमा प्रहरीले आज संसद सचिवालयलाई औपचारिक जानकारी दिएको थियाे । साे जानकारीपछि साेमबार सभामुख  घिमिरले उनी पक्राउ परेकाे संसद बैठकलाई जानकारी गराएका हुन् । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को १ बमोजिम सदनलाई जानकारी गराउनुपर्ने प्रावधान छ । 

सभामुखले साे जानकारी दिएसँगै सांसद रायमाझी निलम्बनमा परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनी ११ दिन देखी फरार रहेका थिए । उनलाई हिजो मात्रै पक्राउ गरिएको हो । आजै जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीमाथि अनुसन्धान गर्न ३ दिनको समय पनि दिइसकेको छ । 

Skip This
Skip This
Logo