साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सहज जित हात पारेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा खुमलटारमाथि ३-० को जित दर्ता गर्दै मछिन्द्र उपाधि होडमा फर्किएको हो । मछिन्द्रको जितमा ओलावाले ओलाडिपो अफिजले दुई तथा आन्द्रेस नियाले एक गोल गरे ।
यस जितसँगै मछिन्द्रले १८ खेलबाट ३० अंक जोडेर तेस्रो स्थान सुरक्षित गरेको छ । लिगमा खराव सुरुवात गरेको मछिन्द्र पछिल्लो खेलमा सुधार गर्दै उपाधि होडमा फर्किएको हाे । समान अंक भएपनि एक खेल कम खेलेको चर्च ब्वाइज युनाइटेड हेड टु हेडमा अघि रहेर दोस्रोमा छ । पराजित खुमलटार भने १७ अंक जोडेर तालिकाको पुछारमा छ ।





























प्रतिक्रिया